। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले काम नगरेकोले अझै आधारभूत आवश्यकताबारे बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै अहिले पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।
सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गर्दै जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।