। महिलाको गलाको सिक्री थुत्ने र बेच्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा टोखा नगरपालिका बानियाँटार बस्ने ४६ वर्षीय रामकुमार तामाङ र ललितपुर–१ बस्ने ६३ वर्षीय किशोर थापा छन् ।
तामाङलाई प्रहरी वृत्त महाराजगञ्जले र थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
तामाङले महिलाको गलाको सिक्री थुत्ने र थापाले बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
२४ वैशाखको दिउँसो पौने २ बजेतिर चाबहिलको आकाशे पुलमा एक महिलाको गलाको सिक्री तामाङले थुतेका थिए ।
त्यस्तै ९ जेठमा साँझ साढे ६ बजेतिर बसुन्धाराको कल्कीनारायणको मन्दिरमा दर्शन गर्न आएकी महिलाको सिक्री पनि उनले थुतेको प्रहरीले बताएको छ ।