मुख्य समाचार
सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता
सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता

: सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो।

घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी र करण केसीलाई समेट्दै क्यानले टोली घोषणा गरेको हो। सो शृंखलामा सहभागी गुल्सन झाले भने टोलीमा स्थान बनाउन सकेनन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषित १४ सदस्यीय टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी छन्।

आठ राष्ट्र सहभागी टीट्वेन्टी फम्र्याटको छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। नेपालले पहिलो खेल चीनसँग खेल्नेछ।



यस्तै समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्। दुवै समूहमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनलमा पुग्ने चार टोलीले आगामी सेप्टेम्बर १९ देखि जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन्।

यस प्रतियोगिताबाट छनोट भएका चार टोलीले यसअघि नै छनोट भइसकेका ६ टोलीसँग प्रतिस्पर्धा गर्ने छन्। साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने छन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयताका आधारमा छनोट भएका हुन्। जापान भने आयोजकका रुपमा एसियाली खेलकुदमा छनोट भएको हो।

नेपालले यसअघि चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा आईसीसीको वरीयताका आधारमा खेलेको थियो। सो प्रतियोगितामा नेपालले मंगोलियासँगको खेलमा ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो। मंगोलियासँगको खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार ६ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...