मुख्य समाचार
सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता
सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता

: सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो।

घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी र करण केसीलाई समेट्दै क्यानले टोली घोषणा गरेको हो। सो शृंखलामा सहभागी गुल्सन झाले भने टोलीमा स्थान बनाउन सकेनन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषित १४ सदस्यीय टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी छन्।

आठ राष्ट्र सहभागी टीट्वेन्टी फम्र्याटको छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। नेपालले पहिलो खेल चीनसँग खेल्नेछ।



यस्तै समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्। दुवै समूहमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनलमा पुग्ने चार टोलीले आगामी सेप्टेम्बर १९ देखि जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन्।

यस प्रतियोगिताबाट छनोट भएका चार टोलीले यसअघि नै छनोट भइसकेका ६ टोलीसँग प्रतिस्पर्धा गर्ने छन्। साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने छन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयताका आधारमा छनोट भएका हुन्। जापान भने आयोजकका रुपमा एसियाली खेलकुदमा छनोट भएको हो।

नेपालले यसअघि चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा आईसीसीको वरीयताका आधारमा खेलेको थियो। सो प्रतियोगितामा नेपालले मंगोलियासँगको खेलमा ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो। मंगोलियासँगको खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार ६ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम