मुख्य समाचार
नेपालस्थित युरोपियन युनियन (ईयु)का २२ जना राजदूत तथा उपप्रमुख दुईदिने उच्चस्तरीय भ्रमणका लागि काठमाडौंमा
नेपालस्थित युरोपियन युनियन (ईयु)का २२ जना राजदूत तथा उपप्रमुख दुईदिने उच्चस्तरीय भ्रमणका लागि काठमाडौंमा

: नेपालस्थित युरोपियन युनियन (ईयु)का २२ जना राजदूत तथा उपप्रमुख दुईदिने उच्चस्तरीय भ्रमणका लागि काठमाडौं आएका छन्। नेपालका लागि ईयु राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो।

उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ईयुका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-ईयु सम्बन्धलाई थप सुदृढ बनाउनु तथा नयाँ सरकारसँग सहकार्यका प्राथमिकता तय गर्नु हो।

प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूत सहभागी छन्।



इयुका अनुसार मंगलबार प्रधानमन्त्री शाहसँग प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गर्नेछ। त्यसअघि इयु प्रतिनिधिहरूले परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छलफल गर्ने तालिका छ।

इयु प्रतिनिधिमण्डलले निजी क्षेत्र, नागरिक समाज र युवा नेतृत्वसँग पनि अन्तरक्रिया गर्ने जनाएको छ। राजदूत लोरेन्जोले नेपालप्रति ईयुको प्रतिबद्धता पुनः पुष्टि गर्न भ्रमण आयोजना गरिएको बताएकी छन्। उनका अनुसार व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा थप साझेदारी विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिलाको गलाको सिक्री थुत्ने र बेच्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका बानियाँटार बस्ने ४६ वर्षीय रामकुमार तामाङ र ललितपुर–१ बस्ने ६३ वर्षीय किशोर थापा छन् । तामाङलाई प्रहरी वृत्त महाराजगञ्जले र थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो । तामाङले महिलाको गलाको सिक्री थुत्ने र थापाले बेच्ने गरेको जिल्ला प्रहरी परिसर ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने भएको छ । सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुगमन गर्न समितिका तर्फबाट सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी र ...
पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित कोर एरियाबाट जरायोको मासुसहित दुई जना पक्राउ परेका छन्। निकुञ्ज सुरक्षार्थ श्री सबुज गणबाट खटिएको नेपाली सेनाको टोलीले जेठ ८ गते नै उनीहरूलाई पक्राउ गरेको हो। केही दिनअघि नै घटना भए पनि निकुञ्ज प्रशासनले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जरायोको मासुसहित दुई ...
। सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै पोखरेलले भने ।
। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने बताएका छन् । कानुन, न्याय तथा संसदीय समितिमा आफ्नो धारणा राख्ने क्रममा उनले राज्यको दायित्व केही समय आश्रय दिनु मात्र नभएको जिकिर गरे । राज्यलाई केही सुझाव दिँदै उनले नागरिकलाई सम्मानसहित आफ्नै जीवनतर्फ फर्किन सक्ने विश्वास दिनु राज्यको दायित्व हुन आउने बताए । ‘स्थलगत ...