मुख्य समाचार
नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने
नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने

। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नागरिकका लागि होल्डिङ सेन्टर अन्तिम ठेगाना बन्न नहुने बताएका छन् ।

कानुन, न्याय तथा संसदीय समितिमा आफ्नो धारणा राख्ने क्रममा उनले राज्यको दायित्व केही समय आश्रय दिनु मात्र नभएको जिकिर गरे ।

राज्यलाई केही सुझाव दिँदै उनले नागरिकलाई सम्मानसहित आफ्नै जीवनतर्फ फर्किन सक्ने विश्वास दिनु राज्यको दायित्व हुन आउने बताए ।

‘स्थलगत अनुगमनका क्रममा हामीले केही सकारात्मक पक्ष पनि देख्यौं । खाना, स्वास्थ्य सेवा, सुरक्षाको व्यवस्था तथा केही संवेदनशील समूहका लागि विशेष ध्यान दिने प्रयास भएको देखियो,’ उनले भने ।

मानव अधिकारको प्रश्न त्यतिमै समाप्त नहुने बताउँदै नागरिकलाई केही समय सुरक्षित राख्नु र नागरिकलाई सम्मानसहित बाँच्न सक्ने अवस्था निर्माण गर्नु फरक विषय रहेको बताए ।

‘कतिपय ठाउँमा संयुक्त परिवार एउटै टेन्ट वा सीमित ठाउँमा बस्नुपरेको अवस्था छ । गोपनीयताको अभाव छ । कतै भेन्टिलेसनको समस्या र वर्षामा जोखिमको अवस्था छ । बालबालिकाको शिक्षाको निरन्तरतामा प्रश्न छ । काममा जाने र जीविकोपार्जन गर्ने नागरिकलाई कठिनाइ छ,’ उनले सुनाए ।

नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले धारा ३७ ले आवासको हकलाई मौलिक हक र धारा ३९ ले बालबालिकाको संरक्षण र शिक्षाको अधिकार सुनिश्चित गरेको विषय सम्झाए ।

यस्ता छन् सुहाङका सुझाव:

१. न्यूनतम मानव अधिकार मापदण्डसहित कार्यविधि बनाइयोस् ।

२. प्रत्येक परिवारलाई पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा दिइयोस् ।

३. शिक्षा, स्वास्थ्य, रोजगारी र मनोसामाजिक सहयोगलाई अधिकारका रूपमा सुनिश्चित गरियोस् ।

४. प्रभावित समुदायलाई निर्णय प्रक्रियामा सहभागी बनाइयोस् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिलाको गलाको सिक्री थुत्ने र बेच्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका बानियाँटार बस्ने ४६ वर्षीय रामकुमार तामाङ र ललितपुर–१ बस्ने ६३ वर्षीय किशोर थापा छन् । तामाङलाई प्रहरी वृत्त महाराजगञ्जले र थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो । तामाङले महिलाको गलाको सिक्री थुत्ने र थापाले बेच्ने गरेको जिल्ला प्रहरी परिसर ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज बनाएर द्रुत गतिमा अगाडि बढाउन संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने भएको छ । सभापति गगन थापाको उपस्थितिमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले संगठनात्मक संरचनालाई सक्रिय बनाउँदै अनुगमन गर्ने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले अनुगमन गर्न समितिका तर्फबाट सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी र ...
पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित कोर एरियाबाट जरायोको मासुसहित दुई जना पक्राउ परेका छन्। निकुञ्ज सुरक्षार्थ श्री सबुज गणबाट खटिएको नेपाली सेनाको टोलीले जेठ ८ गते नै उनीहरूलाई पक्राउ गरेको हो। केही दिनअघि नै घटना भए पनि निकुञ्ज प्रशासनले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जरायोको मासुसहित दुई ...
। सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै पोखरेलले भने ।
: नेपालस्थित युरोपियन युनियन (ईयु)का २२ जना राजदूत तथा उपप्रमुख दुईदिने उच्चस्तरीय भ्रमणका लागि काठमाडौं आएका छन्। नेपालका लागि ईयु राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो। उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाहलगायत मन्त्रीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ईयुका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-ईयु सम्बन्धलाई थप सुदृढ बनाउनु तथा नयाँ सरकारसँग सहकार्यका प्राथमिकता तय ...