: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन्। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधनका विषयमा उठाएको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले यस्तो बताएका हुन्।
उनले भने,' आवश्यकताअनुसार प्रधानमन्त्रीज्यू सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ।'
आगामी गणतन्त्र दिवसका दिन विशेष समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने जनाइएको। उनले राष्ट्रपति रामचन्द्र पौडेललाई गणतन्त्र दिवसका दिन विशेष सम्बोधन गरिदिनका लागि अनुरोध पत्र पठाएको बुझिएको छ।