मुख्य समाचार
‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग
‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग

। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।

दूतावासका प्रवक्ताले जारी गरेको नोटमा उक्त घटनाबारे ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबैलाई नेपाली कानुनअनुसार सजाय दिन आग्रह गरिएको छ ।

‘हामी सम्बन्धित नेपाली निकायहरूलाई उक्त हल्लाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न तथा यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्न आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

हालै सामाजिक सञ्जालमा एक चिनियाँ नागरिकले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई निश्चित नेपाली राजनीतिज्ञविरुद्ध समाचार बनाउन आर्थिक प्रस्ताव गरेको दाबी सार्वजनिक भएको थियो ।


चिनियाँ दूतावासले भने त्यस्ता आरोपलाई ‘पूर्ण रूपमा अस्वीकार’ गर्दै चीनको छवि बिगार्ने उद्देश्यले नियोजित रूपमा फैलाइएको प्रचार भएको दाबी गरेको छ ।

दूतावासले चीनले सधैं ‘अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त’ पालना गर्दै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोग गर्दै आएको दाबी पनि गरेको छ ।

वक्तव्यमा ‘दुई देशको साझा हितको संरक्षणका लागि सुरक्षा तथा कानुनी सहकार्य सुदृढ बनाउन तयार’ रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको ...
। नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् । आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्। कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन ...
। नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष सहित तीन प्रस्ताव राखेका छन् । गुन्डुमा आज सम्पन्न सचिवालय बैठकमा राईले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनगर्ठनको प्रस्ताव राखेका हुन् । ‘कर्मीहरूलाई गहिरो रुपमा महसुस गर्दै आगामी दिनमा सच्चिने प्रण गर्नुपर्छ,’ राईले बैठकमा भने, ‘निर्वाचनको समीक्षा निर्मम ढंगले गर्दै पराजका आन्तरिक र बाह्य कारणहरू ...
। नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णय भएको छ । आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको ...