मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक

: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम उल्लेख छन् ।

रास्वपाले निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे पनि छलफल गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको ...
। नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई घुस दिएर एक नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन खोजिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चालाई ‘चीनविरुद्धको योजनाबद्ध बदनाम’ भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । दूतावासका प्रवक्ताले जारी गरेको नोटमा उक्त घटनाबारे ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न ...
। नेकपा एमालेका सचिव महेश बस्नेतलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने कुराको विपक्षमा सचिवालयका अधिकांश सदस्यहरू रहेको कुरामा सत्यता नरहेको दाबी गरेका छन् । आइतबार पार्टी अध्यक्ष ओलीकै निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार, तीन दिनसम्म लगातार बसेका सचिवालय बैठकमा ओलीले नै प्रस्तुत गरेका ...
। नेकपा एमालेका सचिव शेरधन राईले पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष सहित तीन प्रस्ताव राखेका छन् । गुन्डुमा आज सम्पन्न सचिवालय बैठकमा राईले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनगर्ठनको प्रस्ताव राखेका हुन् । ‘कर्मीहरूलाई गहिरो रुपमा महसुस गर्दै आगामी दिनमा सच्चिने प्रण गर्नुपर्छ,’ राईले बैठकमा भने, ‘निर्वाचनको समीक्षा निर्मम ढंगले गर्दै पराजका आन्तरिक र बाह्य कारणहरू ...
। नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णय भएको छ । आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको ...