मुख्य समाचार
रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार
रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार

: रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेको छ । रुसले युक्रेनमाथि सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले राजधानी कीएभ मुख्य निशानामा परेको बताएका छन्, तर अन्य क्षेत्रहरूलाई पनि लक्ष्य बनाइएको थियो । यी आक्रमणमा कम्तीमा ८३ जना घाइते भएका छन् ।

कीएभ र वरपरका क्षेत्रमा चार जनाको मृत्यु भएको छ। शनिबार–आइतबार मध्यरातभरि विस्फोटका आवाज सुनिएको र आवासीय भवन तथा विद्यालयहरूमा क्षति पुगेको खबर आएको छ । रूसको रक्षा मन्त्रालयले आक्रमणमा ‘ओरेशनिक’ हाइपरसोनिक मिसाइल प्रयोग गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यी हमला युक्रेनले ‘सिभिलियन पूर्वाधार’ माथि गरेको आक्रमणको जवाफस्वरूप गरिएको हो ।

रूसी राष्ट्रपति भ्दादिमिर पुटिनले शुक्रबार स्टारोबिल्स्क शहरको छात्रावासमा भएको घातक आक्रमणका लागि युक्रेनलाई दोष दिएका छन् । उक्त घटनामा २१ जनाको मृत्यु भएको बताइएको छ । जनरल स्टाफ या युक्रेन आर्म फोर्सले शुक्रबार राति स्टारोबिल्स्क नजिक रूसको कब्जामा रहेको पूर्वी युक्रेन क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेको छ, तर निशाना रूसको विशेष सैन्य इकाई रहेको दाबी गरेको छ ।

आइतबारर राति रूसले गरेको यो हमला युक्रेनी राष्ट्रपति जेलेंस्कीले रूसले आक्रमणको योजना बनाइरहेको र सम्भवतः ओरेशनिक मिसाइल प्रयोग गर्न सक्ने चेतावनी दिएपछि भएको हो । यो मिसाइल आवाजको गति भन्दा १० गुणाभन्दा बढी तीव्र गतिमा उड्ने बताइन्छ र यसलाई रोक्न लगभग असम्भव मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम