मुख्य समाचार
अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा
अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा

: अल इन्डिया गोल्ड कपका लागि नेपाल ‘ए' टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार गोल्ड कप खेल्न अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

उत्तराखण्डको देरादुनमा हुने अल इन्डिया गोल्ड कपको ४२ औं संस्करण मा नेपाल ए टिमले पनि खेल्ने भएको हो।

एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा नेपाल' ए' ले पहिलो खेल केरलासँग खेल्नेछ। दोस्रो खेल गोवा र तेस्रो खेल ओडिसासँग खेल्ने छ।

भारत भ्रमणका लागि नेपाल ए टोली:

अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल रासिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सरार्फ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका नेताहरूको कार्य विभाजन प्रस्ताव संशोधन गरेर पारित गर्ने निर्णय भएको छ । आवश्यक छलफल गरेर कार्यविभाजन टुंग्याउने जिम्मा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । ‘प्रस्तावित जिम्मेवारीप्रति असन्तुष्टि देखिएको छ । मिलाउनुपर्ने कुराहरू छन्,’ एक पदाधिकारीले भने, ‘महासचिवले थप गृहकार्य गर्ने र सुझावहरू सुनेर कार्यविभाजन प्रस्ताव टुंग्याउने भन्ने भएको ...
: गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्ने भएको छ। गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको हो। गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको सहसचिव आनन्द काफ्लेले ...
: बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण गर्दै युवापुस्तालाई कुलतबाट जोगाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागुऔषधविरुद्धको महाअभियान (मेगा क्यान,२०८३) को औपचारिक शुभारम्भ गरेको छ। विराटनगरबाट सुरु गरिएको अभियानलाई समाजका सबै तह र तप्काको सहभागितामार्फत प्रभावकारी बनाइने प्रहरीले जनाएको छ। अभियान मोरङका १७ वटै पालिकामा विस्तार गरिने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अभियानको पहिलो चरणअन्तर्गत आइतबार बिहान ...
। नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए । बैठक केहीबेरअघि सकिएको हो ।
: परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले प्राकृतिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको लागि प्रत्यक्ष विदेशी लगानी, पर्यटन, प्रविधि स्थानान्तरण र बजार पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालको ...