मुख्य समाचार
उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताए
उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताए

। उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् ।

‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका कारण विशेषगरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन् ।

दाइजोको दबाबकै कारण धेरै छोरी र बुहारीले ज्यान गुमाउनुपरेको तथा गर्भमै छोरी हत्या हुने अवस्था समेत देखिएको उनको भनाइ थियो ।

मधेशमा दाइजो प्रथा गहिरो रूपमा फैलिएको र यसको असर अहिले देशका अन्य क्षेत्रमा पनि देखिन थालेको उल्लेख गर्दै उनले व्यवहारमा परिवर्तन नआएसम्म यस्ता सामाजिक विकृति अन्त्य हुन नसक्ने बताइन् । छोरीलाई पनि छोरा सरह शिक्षा र अवसर दिनुपर्नेमा जोड दिँदै अभिभावकले बुहारीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने धारणा राखिन् ।

कतिपय अभिभावकले अझै पनि छोरीलाई बोझका रूपमा हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै ठाकुरले छोरी अभिशाप नभई वरदान भएको स्वीकार गर्न समाज तयार हुनुपर्ने बताइन् ।

कार्यक्रममा सर्लाही क्षेत्र नं. – १ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्की ले दाइजो प्रथा अन्त्यका लागि महिलासँगै युवापुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताइन् । कानुनी व्यवस्था र चेतना विस्तार भए पनि व्यवहारमा परिवर्तन आउन नसक्दा धेरै छोरीको जीवन कष्टकर बनेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतो ले २० वर्ष पूरा भएपछि मात्रै छोरीको विवाह गर्ने अभिभावकलाई गाउँपालिकाले सम्मान गर्दै आएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पछिल्ला चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, कक्षा १२ पछि स्नातक अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग दिने व्यवस्था गरिएको उनले बताए । हालसम्म १५७ जना छोरीलाई ५० हजार रुपैयाँ तथा १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराइसकिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा ३५४ जना छोरी तथा उनीहरूका परिवारलाई उपसभामुख ठाकुरको हातबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् । ‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ...
। ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् । शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो । जिपको ठक्करबाट गम्भीर ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिएका हुन् । उनकाअनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । ती ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीले रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो । विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार (हिजो) विस्तारित बैठक गरिएको थियो । केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ ...
। ललितपुर महानरपालिका–१२ लगनखेल बसपार्क नजिकै नक्कली नोटको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१५ घर भएका १९ वर्षीय सुरज राई छन् । उनलाई वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट ५ सय दरका ८ थान ...