मुख्य समाचार
मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने
मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने

। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ ।

मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस कस्मोका सीइओ ट्रान्भियट बाओ होङ आउन लागेका हुन् ।

फिनालेको पूर्वसन्ध्यामा उनीहरू काठमाडौंमा आउनेछन् । केही दिनको नेपाल बसाइमा उनीहरूले केही पर्यटकीय सम्पदाको घुमघाम गर्ने बुझिएको छ ।

उनीहरू आउने जानकारी दिँदै द हिडन ट्रेजरले भनेको छ, ‘पहिलोपटक विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता संस्था काठमाडौंमै उपस्थित भएर नेपालको नयाँ पुस्ताका प्रतिभाशाली र सक्षम महिलाले ताज लगाउने समारोहको साक्षी बन्ने छ ।’

‘यो ऐतिहासिक सहकार्यले नेपालको संस्कृति, प्रतिभा र विश्वमञ्चमा आफूलाई प्रस्तुत गर्न तयार असाधारण नेपाली महिलामाथि विश्वको ध्यान केन्द्रित गराउनेछ’ संस्थाले भनेको छ, ‘संसारको छानोबाट विश्वमञ्चतर्फ अघि बढिरहेका नेपाली महिलाको क्षमता अब अन्तर्राष्ट्रिय रूपमा झन् उजागर हुने विश्वास गरिएको छ ।’

यसवर्षको मिस नेपालको अडिसन सोमबारदेखि नेपालगञ्जबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम