। भ्यालेन्सियाले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई सिजनको अन्तिम खेलमा ३–१ ले पराजित गरेको छ।
शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनको गोलमा फेरान टोरेसले असिस्ट दिएका थिए।
तर त्यसपछि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्यो। ६६औं मिनेटमा जाभी गुएराले बराबरी गोल फर्काए भने ७१औं मिनेटमा लुइस रियोजाले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
इन्जुरी समयको सातौं मिनेटमा गुइडो रोड्रिगेजले थप गोल गर्दै भ्यालेन्सियाको ३–१ को जित सुनिश्चित गरे ।
यससँगै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले सिजनको अन्तिम खेल भने हारसँग टुंग्याएको छ ।