मुख्य समाचार
नक्कली रसिद बनाएर राजस्व छली गरेको आरोपमा लेखनदास पक्राउ
नक्कली रसिद बनाएर राजस्व छली गरेको आरोपमा लेखनदास पक्राउ

। पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् ।

प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो ।

भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवमाथि ६ जेठमा भूमि प्रशासन कार्यालय वीरगञ्जमा नक्कली रसिद बनाएर राजस्व छली गरेको भन्दै लिखित उजुरी परेको थियो । उक्त उजुरीमा नक्कली रसिद प्रयोग गरेर सरकारी राजस्व हिनामिना गरिएको उल्लेख थियो । कार्यालयले आन्तरिकरूपमा छानबिन गर्दा नक्कली रसिदमार्फत करिब चार लाख ७२ हजार रुपैयाँ बराबरको राजस्वछली गरिएको तथ्य फेला परेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा लिखित उजुरी दिएको खत्रीले बताए ।

प्रहरीका अनुसार भूमि प्रशासनको उजुरीपछि यादवलाई आवश्यक छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ । यादवमाथि किर्ते रसिद तयार गरी सरकारी राजस्व हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

नक्कली रसिद कसरी तयार गरियो, राजस्व रकम कहाँ प्रयोग भयो र यसमा अन्य व्यक्तिको भूमिका रहेको छ वा छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ ।

लेखनदास यादवलाई शुक्रबार पर्सा जिल्ला अदालतमा हाजिर गरेर पाँच दिनको थुनुवा आदेश लिएर छानबिन प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।

यस घटनापछि सेवाग्राहीलाई सरकारी कार्यालयले उपलब्ध गराउने आधिकारिक रसिद र स्वीकृत भुक्तानी प्रणाली मात्र प्रयोग गर्न आग्रह गरिएको भूमि प्रशासन कार्यालय वीरगञ्जका प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर प्लेकार्ड टाँसेर ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका नारामार्फत नेतृत्वको ध्यानाकर्षण ...
। बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सिप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताएकी छन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री ...
। लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९ भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् । उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ ...
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरेका छन् । यसअघि हिजो (शुक्रबार) को बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए । शनिबार पनि केही नेताहरूले ओलीलाई सिधा र घुमाउरो शैलीमा नेतृत्व छोड्न भनिरहेका छन् । यसैबीच आफ्नो धारणा राखेका सचिव महेश ...
। सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ । मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ ...