मुख्य समाचार
इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग बेल्जियम खेल्न जाने
इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग बेल्जियम खेल्न जाने

। नेपाली क्रिकेटर इशान पान्डे र गुल्शन झा बेल्जियममा हुने इयू टी-२० लिग बेल्जियम खेल्न जाने भएका छन् ।

प्रतियोगितामा जेबी ब्रुग्सको टोलीमा अनुबन्ध भएका उनीहरू त्यहाँ खेल्न जान चयन भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त प्रतियोगितामा अन्य नेपाली खेलाडीहरू पनि विभिन्न टोलीमा अनुबन्ध भएका छन् । तर अन्य खेलाडीहरू भने राष्ट्रिय टोलीबाट एसियन गेम्सको छनोटमा खेल्नुपर्ने भएकाले नजाने भएका हुन् ।

‘त्यहाँ खेल्न जाने उहाँहरू दुई जना मात्र हो, अन्य खेलाडीहरू राष्ट्रिय टिमबाटै खेल्नु पर्ने भएर हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भने ।

जेबी ब्रुग्सकै अर्का खेलाडी अनिल साह ए टोलीको कप्तान छन् । नेपाल ए टोलीले उत्तराखण्डमा खेल्न जाँदै छ ।

इयू टी-२० लिग बेल्जियम जुन ६ देखि सुरु हुँदैछ । एसियन गेम्स छनोट मे ३१ देखि जुन ९ सम्म चल्नेछ । दुई प्रतियोगिताको मिति जुधेकाले सबै खेलाडीहरू नजाने भएका हुन् ।

प्रतियोगिताका लागि नेपाली टी-२०आई कप्तान दीपेन्द्रसिंह ऐरी पनि जेबी ब्रुग्समै अनुबन्धित थिए भने अनिल साह र ललित राजवंशी पनि जेबीमै अनुबन्धित थिए ।

रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको थियो भने विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम