मुख्य समाचार
बुद्धिचाल महासंघको विशेष साधारण सभा दुई स्थानमा, नेतृत्वले अविश्वास प्रस्ताव सामना गर्ने
बुद्धिचाल महासंघको विशेष साधारण सभा दुई स्थानमा, नेतृत्वले अविश्वास प्रस्ताव सामना गर्ने

। अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वासको प्रस्तावमा छलफल गर्न महासंघको विशेष साधारण सभा आइतबार दुई स्थानमा हुँदैछ ।

पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघको नेतृत्वमाथि अविश्वासको प्रस्ताव परेको थियो । नेतृत्वमाथि अविश्वासको प्रस्ताव पेश भएपछि विशेष साधारण सभा बोलाइएको हो ।

महासंघको आन्तरिक विवाद छताछुल्ल हुँदा अहिले अहिले विशेष साधारण सभा नै दुई स्थानमा हुन लागेको हो ।

महासंघ अध्यक्ष हेराकाजी महर्जन समूहले मकवानपुरको हेटौडामा विशेष साधारण सभा गर्देछन् । महर्जन र महासचिव धरमबहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव हालेका अर्को समूहले काठमाडौंको स्वयम्भुस्थित स्वयम्भु पिस होटलमा विशेष साधारण सभा डाकेको छ ।

अविश्वासको प्रस्ताव सामना गर्ने भन्दै हेराकाजी महर्जन लगायतको टोली हेटौँडामा पुगेको छ । यता अविश्वास प्रस्ताव ल्याउने महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई सहितको समूहले काठमाडौंमा साधारण सभा गर्ने तयारी गरेको छ ।

महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा जेठ १० गते आइतबार क्लब हेटौंडा, हेटौंडा–४, मकवानपुरमा हुनेछ । अर्को समूहले पनि काठमाडौंमा विशेष साधारण सभा गर्ने भनेर सूचना पठाएको छ ।

वैशाख १२ गते अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामा विरुद्ध बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले ४० जना साधारणसभाका प्रतिनिधिहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव निवेदन पेश गरेका थिए ।

अविश्वास प्रस्ताव माथि वैशाख ३० गते बसेको बैठकले विधानको परिच्छेद ७ दफा २२ उपदफा २ मा स्पष्ट रूपमा उल्लेखित ‘उपदफा १ बमोजिम दर्ता हुन आएको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णयका लागि सम्बन्धित कार्यसमितिले ३५ दिनभित्र विशेष साधारणसभा बस्ने गरी सूचना दिनु पर्नेछ’ भन्ने व्यवस्था अनुसार मिति, समय र स्थानको निर्णय भएको ताम्राकारले जानकारी दिए ।

फिडे डेलिगेट अमित खन्ना नेपालमा

केन्द्रीय कार्यसमितिले बहुमतद्वारा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि विशेष साधारणसभा मकवानपुरको हेटौंडामा गर्ने निर्णय गरेको प्रवक्ता ताम्राकारको भनाइ छ । यद्यपि सो स्थानका सम्बन्धमा केहीले लिखित असहमति जनाएको पनि ताम्राकारले जानकारी दिए ।

विशेष साधारणसभामा पर्यवेक्षकको निष्पक्ष भूमिकाका लागि आफ्नो छाता संस्थाहरु वर्ल्ड चेस फेडेरेशन तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित जानकारी पेश गरिएकोमा फिडे डेलिगेट अमित खन्ना आइपुगेको ताम्राकारले बताए ।

नेतृत्व विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि अहिल महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो ।

हेराकाजी महर्जनमा प्रश्न

अर्को समूहले अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । महासंघभित्र लामो समयदेखि आर्थिक विचलन, अपारदर्शी खर्च र संस्थागत जिम्मेवारी पूरा नगरेको आरोप वरिष्ठ उपाध्यक्ष राई लगायतले लगाउँदै आएका छन् ।

महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटका अनुसार महासंघको बेरुजु रकम ५४ लाख रुपैयाँभन्दा माथि पुगेको छ । राखेपबाट विभिन्न शीर्षकमा ल्याइने बजेटको समयमै फरफारक नगर्ने, अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त रकम र कार्यक्रमको स्पष्ट हिसाब नदेखाउने जस्ता समस्या संस्थाभित्र बढ्दै गएको उनीहरुको आरोप छ ।

यसैगरी खेलाडी छनोट, प्रतियोगितामा सहभागिता र बजेट वितरणमा समेत पक्षपात भएको आरोप लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम