मुख्य समाचार
ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद
ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद

। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि नेताहरूले प्रश्न उठाउँदै राजीनामा मागिरहेका बेला सचिव महेश बस्नेतले प्रतिवाद गरेका छन् ।

यसअघि हिजो (शुक्रबार) को बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए ।

शनिबार पनि केही नेताहरूले ओलीलाई सिधा र घुमाउरो शैलीमा नेतृत्व छोड्न भनिरहेका छन् ।

यसैबीच आफ्नो धारणा राखेका सचिव महेश बस्नेतले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका छन् ।

‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ । संरक्षण गर्नुपर्छ,’ बस्नेतले आफ्नो धारणा राख्ने क्रममा भनेका छन् ।

हिजोको बैठकमा आफूविरुद्ध नेताहरू उभिएपछि ओलीले पार्टीको लाइन भन्दा विपरीत जाने छुट कसैलाई नभएको र अराजकता कसैले प्रदर्शन गर्न नहुने भन्दै नेताहरुलाई सचेत गराउन खोजेका थिए ।

आजको बैठकमा पनि उनी बीच बीचमा बोलिरहेको एक नेता बताउँछन् ।

सो क्रममा उनले आफूलाई नसम्झाउन र आफू गलेर नेतृत्व नछाड्ने अडान लिएको एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् । प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो । भूमि ...
। लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भई ललितपुर ९ भोलढोकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङको मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्ने २० वर्षीया नीता शिवा छन् । उनीहरूबाट प्रहरीले ट्रामाडोल ३८२ ट्याब्लेट, गाँजा २७ ग्राम बरामद भएको छ । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ ...
। सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ । मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ ...
: धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय ...
: रौतहटको चन्द्रपुर–१ स्थित बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । उनीहरु पाँच जनाको समूहमा नदीमा नुहाउन गएका थिए । नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन् । ...