मुख्य समाचार
अमेरिकी ग्रिन कार्डको आवेदन अब सम्बन्धित देशबाटै गर्नुपर्ने
अमेरिकी ग्रिन कार्डको आवेदन अब सम्बन्धित देशबाटै गर्नुपर्ने

— अमेरिकी ग्रिन कार्डका लागि आवेदन दिने विदेशीहरुले अब आफ्नै मुलुक फर्किएर यस प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (युएससिआईएस) ले स्थानीय समयअनुसार शुक्रबार यस्तो घोषणा गरेको हो ।

यो परिवर्तन कहिलेदेखि लागू हुनेछ वा प्रक्रियामा रहेका आवेदनहरूलाई यसले असर गर्छ कि गर्दैन भन्नेबारे युएससीआईएसले केही खुलाएको छैन ।

विदेशीहरुले अमेरिकामै बसेर ग्रिन कार्डका लागि आवदेन दिने पाउने व्यवस्था छ । युएससीआईएसका पूर्व वरिष्ठ सल्लाहकार डग र्या‍न्डले झन्डै ६ लाख मानिसले हरेक वर्ष ग्रीन कार्डका लागि आवेदन दिने गरेको बताए । उनले नयाँ मानिसहरुलाई ग्रिन कार्ड र नागरिकता प्राप्तिबाट रोक्ने लक्ष्यले यस्तो घोषणा भएको बताए ।

‘अमेरिकामा अस्थायी बसोबास गरेर ग्रिन कार्ड लिन चाहेका विदेशीले अब आवेदन दिनका लागि अनिवार्य रुपमा उनीहरुको देश फर्कनुपर्नेछ,’ अमेरिकाको गृह सुरक्षा विभाग (डिएचएस) ले भनेको छ । यस निकायले युएससिआईएसलाई निगरानी गर्छ ।

अमेरिकामा विगत ६० वर्षदेखि ग्रिन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन । विदेशीहरुले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमार्फत पनि ग्रिन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो ।

तर, सन् २०२५ मा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेर आएयता एकपछि अर्को कडा आप्रवासन नीति ल्याइएको छ । ‘यो नीतिले कानुनका छिद्रहरुलाई प्रोत्साहन गर्नुको साटो हाम्रो आप्रवासन प्रणालीलाई कानुनको मर्मअनुरुप सञ्चालन गर्ने मनसाय राखेको छ ,’ डिएचएसले भनेको छ ।

काटो इन्स्टिच्युटका एक विश्लेषकका अनुसार झन्डै १० लाख आप्रवासीहरु अहिले अमेरिकामा ग्रिन कार्ड कुरेर बसेका छन् । शरणार्थीहरुका लागि सेवा दिदैं आएको एचआईएस नामक सहायता समुहले यस नियमले शरणार्थीहरु समस्यामा पर्ने जनाएको छ ।

‘यस नियमले दुव्यवर्हारमा परेका, संकटग्रस्त क्षेत्रका बालबालिकालाई फेरि उही खतरनाक ठाउँमा जान बाध्य गर्दैछ,’ एचआईएसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम