मुख्य समाचार
चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात
चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात

— चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्ष २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । १० महिनामा १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.१७ र निर्यातको हिस्सा १२.८२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबलमा नेपालका उद्योग व्यवसायीले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउन व्यापारका अवरोध हटाउन, पूर्वाधार विस्तार गर्न र भारतीय लगानी बढाउन आग्रह गरेका छन् । उनीहरूको आग्रहमा भारतीय वाणिज्यमन्त्री जितीनप्रसादले नेपालको उत्पादन क्षमता, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी तथा सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै ...
: अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको सेयर बजारमा कारोबार सुरु भएको दोस्रो दिनमै उल्लेख्य गिरावट आएको छ । पहिलो दिन उत्साहजनक कारोबार गरेको कम्पनीको सेयर शुक्रबार एकैदिन १२ प्रतिशतभन्दा बढीले घट्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मूल्यको आसपास पुगेको हो । क्लाउड (Claude) च्याटबोट निर्माता एन्थ्रोपिकले आईपीओमार्फत ८१ अर्ब अमेरिकी डलर जुटाएको थियो । बिहीबार नास्डाकमा ...
। नेपाल घुमफिरमा आउने पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउन–असोज अवधिमा भ्रमण आय ३२.७ प्रतिशत बढेर उक्त रकम बराबर पुगेको हो । गत आव सोही अवधिमा १९ अर्ब २३ करोड बराबर खर्च गरेका थिए । तीन महिनामा भ्रमण व्यय भने १५.७ प्रतिशत घटेर ५४ ...
। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ । लिमिटेडले २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (प्थ्ऋ) अद्यावधिक गरी जरिवाना रकममा छुट दिने निर्णय गरेको हो । लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि २०८३ माघ मसान्तसम्म बक्यौता महसुल बुझाउने ग्राहकले जरिवाना ...
। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो महिनामा १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा १५ करोड रुपैयाँ बढी संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद ...