मुख्य समाचार
ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारी मारिएका छन्
ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारी मारिएका छन्

— अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस नजिकैको सुरक्षा जाँच चौकीमा गोली चलाउने एक बन्दुकधारी मारिएका छन् ।

अमेरिकी राष्ट्रपतिको सुरक्षा जिम्मा लिने संघीय निकाय ‘सिक्रेट सर्भिस’का अधिकारीहरूले ती व्यक्तिलाई गोली हानी मारेको अलजजिराले उल्लेख गरेको छ । गोलीबारीमा एक जना सर्वसाधारण पनि घाइते भएका छन् ।

अमेरिकी समयअनुसार शनिबार साँझ ६ बजेतिर संदिग्ध व्यक्ति वासिङ्टन डीसीस्थित १७औं स्ट्रिट र पेन्सिल्भेनिया एभेन्युको चोकमा रहेको ‘सिक्रेट सर्भिस’ जाँच चौकीमा पुगेका थिए । उनले झोलाबाट हतियार निकालेर त्यहाँ खटिएका सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए ।

‘सिक्रेट सर्भिस’ले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिले हतियार झोलाभित्र लुकाएर ल्याएको जनाएको छ ।

घटना लगत्तै ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएपछि देखिएका ‘सिक्रेट सर्भिस’का अधिकारीहरू । तस्बिर : एएफपी
सुरक्षाकर्मीहरूले जवाफी फायर गर्दा ती व्यक्ति घाइते भएका थिए । उनलाई नजिकैको अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

गोलीबारीमा घाइते सर्वसाधारण सुरुआती गोली प्रहारबाट घाइते भएका हुन् वा त्यसपछि भएको दोहोरो गोली हानाहानमा परेका हुन् भन्ने अझै स्पष्ट भएको छैन ।

घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । उनी सुरक्षित रहेको र त्यसलगत्तै ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएको जनाइएको छ ।

घटनामा ‘सिक्रेट सर्भिस’का कुनै पनि कर्मचारी घाइते भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम