मुख्य समाचार
दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ
दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ

— सिरहामा दलित महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका-३ का अन्दाजी ५० वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

नरहा-३ खोरियाकी दलित समुदायकी ६० वर्षीया फूलकुमारी खत्वेलाई उनले गत वैशाख २७ गते अपराह्न निर्घात कुटपिट गरेका थिए । प्रहरीका अनुसार, चराउन लगिएको भैंसी आफ्नो खेतमा गएको भन्दै आफूलाई कुटपिट गरेको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

पीडितले अभद्र व्यवहारसम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी लिएर उनलाई चोहर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान प्रहरीले गरिरहेको छ । आरोपित यादव रास्वपा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गाइडसहित शुक्रबारसम्म ७८३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गतिविधि वैशाख ३१ गतेदेखि सुरु भएको थियो । वसन्तकालीन आरोहण जेठ १५ सम्म सञ्चालन हुनेछ । पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो । उक्त दिन मात्रै आरोहण दलका सदस्य ...
— वर्षा र बाढीका कारण ताप्लेजुङ र पाँचथरको सीमाना भएर वहने खोलाबाट उत्पादन हुने ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । काबेली र इन्द्रावतीखोलामा शुक्रबार राति आएको बाढीका कारण २५ मेगावाटको काबेली ‘बी–१’ सहित चार वटा आयोजनाको उत्पादन ठप्प भएको हो । यहाँ उत्पादित विद्युत् पाँचथरको अमरपुर सव स्टेशनमा जडान गरिएको छ । काबेली र इन्द्रावतीखोलामा ...
— लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच शनिबार रूपन्देहीमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताए ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सरकारले ...
: पूर्वाधार विकासमन्त्री सुनील लम्सालले मूल्यवृद्धिले असर गरेका निर्माणाधीन आयोजनाका ठेक्काको म्याद २ महिना थप गर्ने बताएका छन्। पूर्वाधार विकास समितिले शुक्रबार आयोजना गरेको सार्वजनिक पूर्वाधार निर्माणको अवस्था विषयक छलफल कार्यक्रममा मन्त्री लम्सालले म्याद थप गरिने बताउँदै आयोजना निर्माणको काम नरोक्न आग्रह गरे। अमेरिका–इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ठेक्काको लागत बढेको भन्दै निर्माण व्यवसायीले ...