मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगे युद्धको खतरा अझै कायम रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।

यदि अन्तिम समयको वार्ता असफल भयो भने ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमण सुरु गर्ने विषयमा ‘गम्भीरतापूर्वक विचार’ गरिरहेका रिपोर्टमा दावी गरिएको छ । यस विषयमा छलफल गर्न ट्रम्पले शुक्रबार बिहान राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ अधिकारीहरूको बैठक बोलाएका थिए ।

तेहरान पुगे पाकिस्तानी सेना प्रमुख



यसैबीच असिम मुनी इरानको राजधानी तेहरान पुगेका छन् । उनले शनिबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका कमाण्डर जनरल अहमद वाहिदीसँग भेट गर्ने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तानबाट इरान गएको ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’ सम्बन्धी समाचारलाई न पुष्टि गरेका छन् न खण्डन ।
कतारको एक प्रतिनिधिमण्डलले पनि अन्तिम समयमा सम्झौता गराउने प्रयास गरिरहेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार वार्ता ‘अत्यन्त चुनौतीपूर्ण’ बनेको छ र सम्झौताको मस्यौदा दैनिक रूपमा फेरबदल भइरहे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

परमाणु हतियार मुख्य विवाद
ह्वाइट हाउसमा भएको बैठकमा उपराष्ट्रपति जेडी भान्स, रक्षा मन्त्री पिट हेगसेथ, सीआईएका निर्देशक जोन रैटक्लिफलगायत सहभागी थिए । ट्रम्पले कार्यक्रममा बोल्दै भने, ‘इरान सम्झौता गर्न चाहन्छ, अब के हुन्छ हेर्न बाँकी छ । तर हामीले उनीहरूलाई कडा झट्का दिएका छौं । इरानसँग परमाणु हतियार हुन सक्दैन ।’ अमेरिकी विदेशमन्त्री म्याक्रो रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको वार्तामा ‘सामान्य प्रगति’ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम