मुख्य समाचार
भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने
भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने

: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताएका छन् ।

शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सरकारले आफैले गरेको प्रतिबद्धता अनुसार भदौं २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।

उनले भाद्र २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारवाही हुनुपर्ने जिकिर गरे । उनले मानवअधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न आग्रह समेत गरे ।



एक प्रश्नको जवाफमा सभापति गगन थापाले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए । उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरुले प्रयास जारी राख्ने बताए । त्यस्तै सभापति गगन थापाले मुलुकको अवस्था र गम्भिरतालाई बुझेर पार्टीभित्रको असहमति र विमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए । उनले केन्द्रिय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बेला पार्टीविधि र विधान बाहिर गएर काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वाधार विकासमन्त्री सुनील लम्सालले मूल्यवृद्धिले असर गरेका निर्माणाधीन आयोजनाका ठेक्काको म्याद २ महिना थप गर्ने बताएका छन्। पूर्वाधार विकास समितिले शुक्रबार आयोजना गरेको सार्वजनिक पूर्वाधार निर्माणको अवस्था विषयक छलफल कार्यक्रममा मन्त्री लम्सालले म्याद थप गरिने बताउँदै आयोजना निर्माणको काम नरोक्न आग्रह गरे। अमेरिका–इरान युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ठेक्काको लागत बढेको भन्दै निर्माण व्यवसायीले ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीमा देखिएको समस्या समाधान हुनुपर्ने माग उठेको छ। भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा बोल्ने वक्ताहरूले अध्यक्षकै नेतृत्वमा अहिले देखिएको समस्या समाधान हुनुपर्ने सुझाव आएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार मिडियामा आएजस्तो नेतृत्व परिवर्तनको सवालमा छलफल केन्द्रित नभएको बताए। 'नेतृत्व फेर्ने कुरा कसैले गरेको छ जस्तो ...
: जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका हुन । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको ...
: मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल (बिस्कुट) देखाएर सर्वसाधारण वृद्धवृद्धालाई निशाना बनाउँदै ठगी तथा लुटपाट गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको छ। विशेषगरी वृद्धवृद्धा र सोझा नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधन, बजार क्षेत्र तथा भिडभाड हुने स्थानमा सक्रिय रहेको गिरोहका एक जना पुरानै अभियुक्त पुनः पक्राउ परेका छन्। प्रहरीले झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ ...
: यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो। वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कनेक्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। उनको शव गाउँमा ल्याई शुक्रबार ...