मुख्य समाचार
सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति
सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति

: कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो।

'अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुरासय नदेखिई जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरूसमेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मनासिव रहेको देखिँदा निवेदन मागवमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मूल, थप र पुरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग दावी कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको छ। यो संशोधन आदेशलाई प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल, थप र पुरक अभियोगपत्रहरूको अभिन्न अग मानी मिसिल संलग्न राखी नियमानुसार गर्नू,' आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने ...
: मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्। उनीहरुले खानेपानीको बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोश स्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए। लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको ...
: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस गरेका छन्। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतमात्र खुलेका छन्। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई ...
: सिंहदरबारको अधिकार ७ प्रदेशमा विभाजन गरियो। घर छेउकै प्रदेश सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवाको अपेक्षा गरे। तर, जनतालाई सेवा र सुविधा दिनेभन्दा प्रदेश सरकारहरू आफ्नै सेवा र सुविधा बढाउनेमा व्यस्त बनिरहेका छन्। बागमती प्रदेशकै उदाहरण हेर्दा पनि यहाँ जनताको सेवा र सुविधामा खर्च गर्नुपर्ने ठूलो धनराशी सवारी साधनको खरिद र मर्मतमा मात्रै खर्च ...
: गोरखामा निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माणस्थलमा लडेर मृत्यु भएको छ । गण्डकी गाउँपालिका–बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आयोजनामा काम गर्ने क्रममा २० मिटर अग्लो पर्खालबाट लडी ४१ बर्षका यादवको शुक्रबार दिउँसो ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले ...