मुख्य समाचार
निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस
निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस

: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस गरेका छन्। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन्।

पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतमात्र खुलेका छन्। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताएका थिए। ‘पार्टी आन्दोलन यही अवस्थामा चल्दैन। पुनर्गठन गरेर जानुपर्छ,’ महासचिवको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिला गर्नुहुँदैन।’ उनले ओलीलाई राजीनामा दिनूस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुंगोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताए।

ओलीविरुद्घ महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुले
ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतमात्र
पार्टी प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टका अनुसार शनिबारको बैठकमा तीन उपमहासचिव र ५ जना सचिवले पनि धारणा राखेका थिए। आइतबारको बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्नेछन्। पहिलो दिन बोलेका ५ उपाध्यक्षमध्ये ४ जनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। १९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना नेतृत्व परिवर्तनको पक्षमा स्पष्ट देखिएका छन्।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले शनिबार पनि अधिकांशको सुझावका आधारमा निर्णय लिनुपर्ने अडान लिएका थिए।अध्यक्ष ओलीले आइतबारको बैठकमा सबैको धारणाका आधारमा बोल्ने बताएका छन्। तर, शनिबार निरन्तर राजीनामाको प्रसंग उठाएपछि त्यस्ता कुरा नगर्न भनेका थिए। ‘तपाईंहरूले सम्झाउनुपर्दैन। म नेतृत्व छाड्दिनँ,’ उनको भनाइ थियो, ‘पार्टीलाई फेरि पुरानै अवस्थामा ल्याउँछु।’ उनले बैठक लामो भएको भन्दै अब आफ्ना भनाइ छोट्याउन र कुराहरू नदोहो¥याउन भनेका थिए।

सचिव महेश बस्नेतले भने संकटका बेलामा पार्टी पुनर्निर्माणभन्दा पनि ओलीलाई हटाउने एकसूत्रीय एजेन्डा ल्याएको भन्दै आपत्ति जनाए। उपमहासचिव लेखराज भट्टले कसैको समर्थन/विरोध नगरी भनेका थिए, ‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं। त्यसो भएमात्रै पार्टी युवाको हातमा पुग्छ।’

शुक्रबारको बैठकमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि भनेका थिए, ‘संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ।’ ओलीले थप्दै भनेका थिए,
‘यही हो पार्टी लाइन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्। उनीहरुले खानेपानीको बा.१ झ ६६०६ र बा.१ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोश स्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए। लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको ...
: कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो। 'अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुरासय नदेखिई जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरूसमेतका दुवै पक्षका हक ...
: सिंहदरबारको अधिकार ७ प्रदेशमा विभाजन गरियो। घर छेउकै प्रदेश सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवाको अपेक्षा गरे। तर, जनतालाई सेवा र सुविधा दिनेभन्दा प्रदेश सरकारहरू आफ्नै सेवा र सुविधा बढाउनेमा व्यस्त बनिरहेका छन्। बागमती प्रदेशकै उदाहरण हेर्दा पनि यहाँ जनताको सेवा र सुविधामा खर्च गर्नुपर्ने ठूलो धनराशी सवारी साधनको खरिद र मर्मतमा मात्रै खर्च ...
: गोरखामा निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माणस्थलमा लडेर मृत्यु भएको छ । गण्डकी गाउँपालिका–बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आयोजनामा काम गर्ने क्रममा २० मिटर अग्लो पर्खालबाट लडी ४१ बर्षका यादवको शुक्रबार दिउँसो ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका ...