मुख्य समाचार
निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माणस्थलमा लडेर मृत्यु
निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माणस्थलमा लडेर मृत्यु

: गोरखामा निर्माणाधीन सुपर त्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माणस्थलमा लडेर मृत्यु भएको छ । गण्डकी गाउँपालिका–बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आयोजनामा काम गर्ने क्रममा २० मिटर अग्लो पर्खालबाट लडी ४१ बर्षका यादवको शुक्रबार दिउँसो ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनास्थलबाट उपचारका लागि इच्छाकामना अस्पतालमा लैजाँदा उनको मृत्युको घोषणा भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गरिदिएको हो। 'अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुरासय नदेखिई जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरूसमेतका दुवै पक्षका हक ...
: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाब महसुस गरेका छन्। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतमात्र खुलेका छन्। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई ...
: सिंहदरबारको अधिकार ७ प्रदेशमा विभाजन गरियो। घर छेउकै प्रदेश सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवाको अपेक्षा गरे। तर, जनतालाई सेवा र सुविधा दिनेभन्दा प्रदेश सरकारहरू आफ्नै सेवा र सुविधा बढाउनेमा व्यस्त बनिरहेका छन्। बागमती प्रदेशकै उदाहरण हेर्दा पनि यहाँ जनताको सेवा र सुविधामा खर्च गर्नुपर्ने ठूलो धनराशी सवारी साधनको खरिद र मर्मतमा मात्रै खर्च ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका ...
। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै यो भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । भन्सार कार्यालय सञ्चालन ...