मुख्य समाचार
ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा
ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा

। कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो ।

कोभिड–१९ को महामारी फैलिन थालेसँगै यो भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएको थियो । अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए ।

भन्सार कार्यालय सञ्चालन गर्नका लागि बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उनले बताए ।

‘नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो,’ उनले भने, ‘ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पार गरी नेपाल–चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ ।’

करिब ४० वर्षअघि निर्माण गरिएको मूल भन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

वडाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिए ।

भन्सार कार्यालयमा कर्मचारी पठाउनका लागि जिल्लाका जेनजी अभियन्ताले भन्सार विभागमा पटकपटक ताकेता गरेका थिए । ओलाङचुङ्गोला सडक सञ्जालसँग जोडिएपछि अब नियमित रूपमा राजस्व सङ्कलन हुने अपेक्षामा स्थानीय उत्साहित भएका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् । शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् । विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् । अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रक्रिया दिएका हुन् । ‘मैले आदेश पढ्न पाएको त छैन । अदालतकै आदेशमा हामी चल्नु पर्ने हुन्छ’, सभापति लामिछानेले सञ्चारकर्मीसँग भने, ...
। नेपाली कांग्रेसका नेता केदार कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमा जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् । ‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन,’ कार्कीले ...
। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि म्यानपावर कम्पनी तथा सम्बन्धित संस्थाको नियमित अनुगमन भइरहेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै अनुगमनका लागि खटिने कर्मचारीलाई विभागको आधिकारिक पत्रसहित पठाइने र उनीहरूले परिचयपत्र देखाएर मात्रै अनुगमन गर्ने व्यवस्था रहेको जनाएको छ । आफ्नो कर्मचारी भएको दाबी गर्दै अनधिकृत रूपमा अनुगमन गर्ने, विभागको ...
। एक वर्षअघि क्यानडामा रहेका भेटनरी डाक्टरको नक्कली हस्ताक्षर गरी ल्याइएका माछा पाँचथरको सदरमुकाम फिदिममा फेला परेको छ । उक्त माछा सशस्त्र प्रहरीले फेला पारेर नष्ट गरेको छ । कागजात जाँच गर्ने क्रममा शंका लागेपछि खोजी नीति गर्दा डाक्टरको नक्कली हस्ताक्षर गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । जाँचका क्रममा डा. अभिषेक सिंहद्वारा जारी गरिएको भेटेरिनरी ...