मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी

। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी गरेका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए । देशमा भएका बेथिति र विसंगतिका जालाहरू तोड्न नेपाली जनताले रास्वपालाई करिब दुई तिहाइको जनमत दिएको पनि उनले टिप्पणी गरे ।




विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बुर्लाकोटीले बताए ।

अर्को प्रशंगमा उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह आउन नभ्याएको दाबी गरे । ‘काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन सकिन्न,’ उनले भने, ‘काम नै गरेर देखाउने हो । त्यसैले कम्तीमा छ महिना पर्खेर हेरिदिनुस् ।’ –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार ...
: स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी हुन्। बैठकमा मन्त्री ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेका हुन् । केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्धारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ । केसीले यसअघि ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए भनेर भन्दा जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिए । पार्टीको साधारण सदस्यको महत्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको ...
: प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले सीमाका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ...