मुख्य समाचार
जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको
जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् ।

शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताइन् ।

भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको उनको भनाइ थियो ।

छोटो खुला राजनीतिक जीवनका बाबजुद मदन भण्डारीले नेपाली राजनीतिमा दीर्घकालीन वैचारिक प्रभाव छोड्न सफल भएको उनले उल्लेख गरिन् ।

‘आज विश्व समुदाय र नेपाल दुवै जटिल तथा बहुआयामिक चुनौतीको सामना गरिरहेका छन् । लोकतन्त्र प्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुन: राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समय अनुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्वपूर्ण दायित्व हुन आउँछ,’ उनले भनिन् ।

उनकाअनुसार मदन भण्डारीले स्थापित गर्नुभएको वैचारिक आधार, लोकतान्त्रिक संस्कृतिप्रतिको प्रतिबद्धता तथा राजनीतिक योगदान नेपाली राजनीतिक इतिहासका अमूल्य सम्पत्ति हुन् ।

उनले विगतका राजनीतिक घटनाक्रम र वैचारिक धाराको अध्ययनले भविष्यको दिशा पहिचान गर्न मद्दत गर्ने उल्लेख गरिन् ।

लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताजस्ता विषय अहिले पुन: राष्ट्रिय बहसको केन्द्रमा रहेको बताउँदै उनले मदन भण्डारीले लिएका बाटोमा हिंड्न आग्रह गरिन् ।

‘लामो समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका जननेता मदन भण्डारीको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि उहाँले छोड्नुभएको वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन तथा प्रभावकारी रहिआएको छ,’ उनले भनिन्, ‘उहाँले देखाउनुभएको बाटो, स्थापित गर्नुभएको वैचारिक आधार तथा लोकतान्त्रिक संस्कृति प्रतिको अटल प्रतिबद्धता नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्तिका रूपमा रहेका छन् ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुलाई सूचना तथा सञ्चार प्रविधिको तिब्र विकास भएकोले आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न सुझाव पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुपन्देहीमा नक्कली नोट छाप्ने काममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत ककरहवा सिद्धार्थनगर नौगढका ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिनाका बिक्की भनिने २२ वर्षीय अनिल पासी रहेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी गरेका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए । देशमा भएका बेथिति र विसंगतिका जालाहरू तोड्न नेपाली जनताले रास्वपालाई ...
। नेपाली कांग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सकिएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो । संकल्पपत्रमा किरात सभ्यताको उद्गम, सगरमाथा शिरदेखि केचनकवलको पाउसम्म, कोशी प्रदेशको पहिचान–प्रतिष्ठा, संस्कृति–सभ्यता, भाषा–कला–साहित्य, कृषि–पर्यटन, प्राकृतिक ...
। महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा-७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी, अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुनको डुबेर ...
। सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी अभ्यास’ विषयक अन्तर संवादमा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । ‘कानुन निर्माणमा सरकारलाई घचघच्याउने न्यायालय होला, कार्यपालिका होला, व्यवस्थापिका होला । त्यस कारणले यो एउटा सरकार ...