मुख्य समाचार
सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताए
सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताए

। सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी अभ्यास’ विषयक अन्तर संवादमा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् ।

‘कानुन निर्माणमा सरकारलाई घचघच्याउने न्यायालय होला, कार्यपालिका होला, व्यवस्थापिका होला । त्यस कारणले यो एउटा सरकार हो’, उनले भने, ‘यो तीन वटाको स्पिड मिलेन भने देश बन्दैन ।’ यसबारे उनले थप व्याख्या गरेनन् ।

काम आउँदा स्रोत साधन र कानुनी प्रबन्ध देखाउने गलत प्रवृत्ति रहेको भन्दै असल नियत भए ती समस्या गौण हुने बताए । ‘सबैभन्दा पहिला नियतको कुरा गरौं । यदि नियत सफा भयो भने स्रोतहरू पाइन्छ’, उनले भने ।

काम गर्दा पूर्वजका अनुभव सुनेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘जीवनमा सिकेर सकिँदैन जति पनि सिकिरहन सकिन्छ सिक्नु राम्रै कुरा हो र यसबाट घाटा पनि हुँदैन,’ उनले भने ।

देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अग्रज पुस्ताले खेलेको भूमिका असाधारण रहेको बताउँदै उनले त्यसलाई भुल्न नहुने बताए । अग्रज तथा विज्ञ अनुभव, अथक संघर्षबाट धेरै विषय सिक्न सकिने उनको भनाइ छ ।

अहिले संसद्को जिम्मेवारीमा केही असान्दर्भिक भएका पुराना कानुन खारेज तथा संशोधनको आवश्यकता रहेको उनले औंल्याए । त्यसका केही उदाहरण पनि दिए ।

त्यसै उदाहरणमा १८ वर्षमा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स दिने र २१ वर्षमा चार पाङ्ग्रेको लाइसेन्स दिने व्यवस्था रहेको उनको बताए ।

‘दुई पाङ्ग्रे भनेको अत्यन्तै असुरक्षित सवारी साधनको रूपमा हामीले हेर्छौं । चार पाङ्ग्रे त्यो भन्दा सुरक्षित हुन्छ,’ उनले भने, ‘तर, कानुन यस्तो छ पहिला तिमी असुरक्षित सवारी साधन चलाऊ, त्यसपछि मात्र सुरक्षित सवारी साधन भन्ने खाले छ ।’

अर्को उदाहरण उनले विवाहसम्बन्धी कानुनमा पनि रहेको बताए । देशका विभिन्न ठाउँमा १६ वर्षमा विवाह भइरहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कानुनले २० वर्षपछि विवाह गर्नुपर्छ भनेको छ, त्यो सही छ कि गलत म त्यो बहसमा छैन । तर, कानुन निर्माण गर्ने बेलामा हाम्रो विधेयकको ड्राफ्ट कहाँ हुन्छ ?’

कानुनका प्रयोगकर्तालाई थाहा नदिएर कानुन बनाउँदा यस्तो समस्या आइरहेको उनले समीक्षा सुनाए । ‘हामी कानुन बनाइदिन्छौं र तिमी प्रयोग गर भनेर लगेर लाद्ने कोसिस गर्छौं’, उनले अगाडि भने, ‘जसले गर्दा जनताले प्रयोगकर्ताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैन र उ जबरजस्ती त्यो कानुन पालना गर्नलाई बाध्य हुन्छ ।’

देशलाई सुहाउँदो, देशमा बसोबास गर्ने नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सबैको संवाद र सहकार्य हुनेछ भन्ने आफ्नो अपेक्षा रहेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफ्नो पार्टीले जनतालाई निराश हुन नदिने दाबी गरेका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री बुर्लाकोटीले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए । देशमा भएका बेथिति र विसंगतिका जालाहरू तोड्न नेपाली जनताले रास्वपालाई ...
। नेपाली कांग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेशस्तरीय परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सकिएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो । संकल्पपत्रमा किरात सभ्यताको उद्गम, सगरमाथा शिरदेखि केचनकवलको पाउसम्म, कोशी प्रदेशको पहिचान–प्रतिष्ठा, संस्कृति–सभ्यता, भाषा–कला–साहित्य, कृषि–पर्यटन, प्राकृतिक ...
। महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा-७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी, अजिज नदाफकी १२ वर्षीया छोरी अफसाना खातुनको डुबेर ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् । शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताइन् । भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको उनको ...
। पछिल्ला चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । माघ महिनायताका चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९ पुगेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । गत पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो । त्यसपछि पुस २१ ...