मुख्य समाचार
प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद
प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद

। सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो ।


प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई करोड १० लाख बढि मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारतको दिल्लीको राजेन्द्रनगरका संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो ।

माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा छानबिन गर्ने क्रममा प्रहरीले रावतसहितका तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बाजुराकै खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई विभिन्न गरिएको प्रहरीले जनाएको छ ।

तीनै जना पक्राउ परेपछि उनीहरुको साथबाट गरगहनासहित दुई करोड ७ लाख बरामद गरिएको थियो । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक(डीआईजी) ओमबहादुर रानाले अप्रेसनका क्रममा उनीहरुको साथबाट चोरी गरिएका नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको बताए ।



यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ ।

भारतीय दुतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष प्रहरीले बरामद गरेको सामान बुझ्न शुक्रबार कैलाली पुुगेका थिए । जिल्ला प्रहरी कार्यालयमार्फत सामान सम्बन्धित व्यक्तिलाई बुुझाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले संयुक्त अप्रेसनका क्रममा बरामद गरिएको गरगहना र नगदसहितको सामान जनप्रतिनिधि समेतको रहोबरमा सम्बन्धीत धनीलाई बुझाइएको जानकारी दिए ।

उनकाअनुसार चोरिएको सामान प्रहरीमार्फत फिर्ता पाएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीको कार्यको प्रसंशा गरेका छन् ।

‘मेरो घरबाट हराएको मध्येको केही सामान अझै फेला परेको छैन । नेपाल प्रहरीको सहयोगले पाउनेछु भन्ने आशा गरेको छु,’ माखीजाले भनेका छन्, ‘सक्रिय पूर्वक चोरिएको सामान बरामद गर्न भूमिका खेल्नुुहुने सबै नेपाल प्रहरीलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’

प्रहरीकाअनुसार माखीजाको घरबाट चोरी भएको सबै सामान भने फेला पर्न सकेको छैन् । पक्राउ परेका व्यक्तिले अन्य सामान अर्र्कै व्यक्तिले लगेको दाबी गरेपनि उनीहरुले नाम पोलेका व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय भारतमा घरेलु कामदारका रुपमा जाने र घर मालिकलाई विश्वासमा पारेर गरगहना र नगद चोरी गरेर ल्याउने प्रचलन बढ्दै गएको छ । तर स्पष्ट कानुनको अभावमा सार्वजनिक मुद्दा चलाउने बाहेक थप कारवाही गर्न सकिने अवस्था नदेखिएको प्रहरीले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् । शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताइन् । भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस र समयअनुकूल विकास गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको उनको ...
। सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी अभ्यास’ विषयक अन्तर संवादमा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । ‘कानुन निर्माणमा सरकारलाई घचघच्याउने न्यायालय होला, कार्यपालिका होला, व्यवस्थापिका होला । त्यस कारणले यो एउटा सरकार ...
। पछिल्ला चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । माघ महिनायताका चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९ पुगेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । गत पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो । त्यसपछि पुस २१ ...
। परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरे । हाल राहदानी सेवा सहज रहेको दाबी गर्दै मन्त्रालयले सेवाग्राहीलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ । ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् । शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले परिस्थिति सहज नभएको भन्दै यही परिस्थितिमा अघि बढ्न नसक्ने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार, पोखरेलले ओलीलाई ‘राजीनामा नै गर्नु’ ...