मुख्य समाचार
दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालित ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार
दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालित ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार

। दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा गैरकानुनी रूपमा सञ्चालित ‘अनलाइन स्क्याम सेन्टर’ मा फसेका ६ सय ८७ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा ठगिएर पुगेका नेपालीको पहिचान र उद्धार जारी रहेको जनाए ।

उनका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायको समन्वयमा यसअघि ६ सय १६ जनाको उद्धार गरिएको थियो । पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको प्रवक्ता पौडेलले बताए ।

उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको पौडेलले बताए ।

प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा अझै पनि धेरै नेपाली फसेको हुन सक्ने अनुमान गरिएको बताए । उनले नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १ सय २ नेपालीको जरिबाना मिनाहा गरिसकेको र थप १ सय ७२ जनाको जरिबाना मिनाहाका लागि अनुरोध गरिएको बताए ।

त्यस्तै संगठित अपराध, मानव तस्करी लगायत कसुरमा थुनामा रहेका नेपालीको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

यसैगरी म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाका लागि पनि पहल जारी रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो । प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई करोड १० लाख बढि मूल्य ...
। परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र नै आवेदन गर्न सकिने व्यवस्था मिलाइएको दाबी गरे । हाल राहदानी सेवा सहज रहेको दाबी गर्दै मन्त्रालयले सेवाग्राहीलाई आफ्नो तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ । ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् । शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले परिस्थिति सहज नभएको भन्दै यही परिस्थितिमा अघि बढ्न नसक्ने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार, पोखरेलले ओलीलाई ‘राजीनामा नै गर्नु’ ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डेटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानीका विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालमा डिजिटल पूर्वाधार विस्तार, दूरसञ्चार सेवाको गुणस्तर, साइबर सुरक्षा, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि क्षेत्रमा लगानी, मिडिया तथा ...
। लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । प्रदेशसभाको शनिवार बसेको बैठकमा भाग लिएका सांसदहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । सांसदहरूले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको ...