मुख्य समाचार
समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनर्संरचना गर्छौं : मन्त्री वादी
समाज कल्याण परिषद् र बाल अधिकार परिषद्लाई पुनर्संरचना गर्छौं : मन्त्री वादी

। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुन:संरचना गरिने बताएकी छन् ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको शुक्रबारको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुन:संरचना गर्न थालिएको बताएकी हुन् ।

उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा रहेका विषयमा अधिकतम परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सामाजिक ऐनमार्फत संघ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी गराइन् ।

‘हाम्रो संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने र कसैलाई कानुनको समान संरक्षणवाट वञ्चित नगरिने व्यवस्था गरेको छ’, उनले भनिन्, ‘संविधानले दिएको मौलिक हक तथा अन्तररााष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनको पालनाका लागि हामी लाग्नेछौँ ।’

कुनै पनि प्रकारका विभेद, बहिष्करण, हिंसा वा घृणाजन्य व्यवहार स्वीकार्य नहुने पनि उनले बताइन् ।

मन्त्रालयका सचिव राधिका अर्यालले चालु आर्थिक वर्षमा मन्त्रालयको एक अर्ब ६२ करोड रुपैयाँ बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि दुई अर्ब आठ करोड बजेट सीमा (सिलिङ) रहेको जानकारी दिइन् । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै, दुई देशबीच ...
। नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा राखेका छन् । त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘उहाँहरूले आ–आफ्ना कुराहरू गहिरोसँग राख्नुभयो । हिजोदेखि ...
। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्र पठाएको हो । यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा ...
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् । उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए । करिब ६ घण्टा चलेको सचिवालयको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी ...
। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ ...