मुख्य समाचार
ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किए
ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किएका छन्। यससँगै अमेरिका र इरानबीच पुनः सैन्य तनाव र सम्भावित हमलाको अड्कलबाजी तीव्र भएको छ।

अमेरिकी सेना र जासुसी निकायका उच्च अधिकारीहरूले पनि ‘मेमोरियल डे विकेन्ड’ को छुट्टी रद्द गरेका छन्। सीबीएस न्युजको रिपोर्टअनुसार ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ सैन्य हमलाको योजना बनाइरहेको हुन सक्ने र अधिकारीहरूलाई कुनै पनि बेला तयार रहन निर्देशन दिइएको छ। यद्यपि, हमला गर्ने विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।

यसैबीच, इरानी सेनाले पनि सतर्कता बढाएको छ। इरानको सरकारी समाचार एजेन्सी तस्निमले इरानी सेना दुश्मनको कुनै पनि ‘मूर्खतापूर्ण कदम; को कडा जवाफ दिन पूर्ण रूपमा तयार रहेको दाबी गरेको छ।

हमला नगर्न खाडी राष्ट्रको अपिल


साउदी अरब, यूएई र कतारले ट्रम्पलाई इरानमाथि हमला नगर्न र युद्धको सट्टा कूटनीतिक बाटो अपनाउन अपिल गरेका छन्।

युद्ध अन्त्य र विवाद सुल्झाउन मध्यस्थताको प्रयासस्वरूप कतारी टोली र पाकिस्तानका सेना प्रमुख असिम मुनिर शुक्रबार तेहरान पुगेका छन्।

यसैबीच, फ्रान्सले होर्मुज स्ट्रेट खुलाउन संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अन्तर्राष्ट्रिय समुद्री मिसन तैनाथ गर्ने नयाँ प्रस्ताव तयार पारेको छ। युरोपेली संघ (ईयू) ले होर्मुज स्ट्रेट बन्द गराएको आरोपमा इरानी अधिकारी र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

के भन्छ इरान ?

इरानी नौसेनाले पछिल्लो २४ घण्टामा होर्मुज जलसन्धिबाट २५ वटा जहाज सुरक्षित रूपमा पार भएको दाबी गरेको छ। सामान्य अवस्थामा यहाँबाट दैनिक १०० भन्दा बढी जहाज आवतजावत गर्थे।

ट्रम्प-इरान वार्तामा इजरायललाई किनारा लगाइयो

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, ट्रम्प प्रशासनले इरानसँग गरिरहेको युद्धविराम र परमाणु सम्झौतासम्बन्धी वार्तामा इजरायललाई लगभग बाहिर राखेको छ। इजरायली अधिकारीहरूले अमेरिका-इरान वार्ताबारे सीधै वासिङ्टनबाट जानकारी पाइरहेका छैनन् र उनीहरू अन्य क्षेत्रीय नेता वा गुप्तचर निकायमा निर्भर हुनुपरेको छ।

यसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि ठूलो राजनीतिक झट्का मानिएको छ, जसले आफूलाई ट्रम्पसँग सबैभन्दा नजिकको नेता मान्दै आएका थिए।

ट्रम्प सरकार अहिले इरानको परमाणु गतिविधिमा निश्चित समयका लागि मात्र रोक लगाउने सर्तसहितको सम्झौतामा विचार गरिरहेको छ, जुन २०१५ को सम्झौतासँग मिल्दोजुल्दो छ।

इजरायलको मुख्य चिन्ता इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई यस वार्तामा समावेश नगरिनु र आर्थिक प्रतिबन्ध हटेपछि इरानले अर्बौं डलर पाएर हेजबुल्लाह जस्ता सङ्गठनलाई थप बलियो बनाउन सक्नेमा छ।

इरान परमाणु सम्झौताका लागि तयार, तर सर्तसहित

तेहरान युनिभर्सिटीका प्राध्यापक फोआद इजादीका अनुसार इरान आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्न तयार छ, तर त्यसका लागि उसका केही महत्त्वपूर्ण सर्तहरू छन्। इरानले सन् २०१५ को जस्तै युरेनियम संवर्द्धनको सीमा ३.६७ प्रतिशतसम्म राख्न सहमति जनाउन सक्ने र यसलाई हतियार निर्माणका लागि पर्याप्त मानिँदैन।

इरानका रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई-निकले अमेरिकाले इरानी जनताको माग र अधिकार नमाने ट्रम्पले थप हार बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

नाटोमा अमेरिका र युरोपबीच मतभेद

स्वीडेनमा सम्पन्न नाटो सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा होर्मुज जलसन्धि र इरानबारे छलफल भएको छ। नाटो महासचिव मार्क रुटेले इरानले होर्मुज बन्द गरेर विश्व अर्थतन्त्रमा दबाब बढाउन खोजेको आरोप लगाए।

यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले कारबाहीको माग गर्दा धेरै कम युरोपेली राष्ट्रले मात्र खुलेर समर्थन गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम