मुख्य समाचार
एमाले सचिवालय : महासचिव, तीन उपमहासचिव र पाँच सचिवले राखे धारणा
एमाले सचिवालय : महासचिव, तीन उपमहासचिव र पाँच सचिवले राखे धारणा

। नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।

आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा राखेका छन् । त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।




‘उहाँहरूले आ–आफ्ना कुराहरू गहिरोसँग राख्नुभयो । हिजोदेखि आजसम्म आफूलाई लागेको अनुभूतिहरू अनुभव सबै राख्नुभएको छ,’ उनले भने ।

भोलि पुन: ४ जना सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा अघि बढ्ने पनि उनले जानकारी गराए ।




‘भोलि फेरि बाँकी ४ जना सचिवले कुरा राखेपछि हामी प्रस्तावित ११ वटा एजेण्डा प्रस्तुत छ, त्यसको छलफलमा जान्छौं,’ उनले भने ।

बैठकको बीचमा अध्यक्ष ओलीले दिशानिर्देशन गर्ने काम पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै, दुई देशबीच ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुन:संरचना गरिने बताएकी छन् । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको शुक्रबारको बैठकमा मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुन:संरचना गर्न थालिएको बताएकी हुन् । उनले स्रोत र साधनले भ्याएसम्म मन्त्रालयको कार्यक्षेत्रमा ...
। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय तीन वर्ष पछाडि सार्ने संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष औपचारिक पत्र पठाएको हो । यसअघि नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा ...
। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् । उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए । करिब ६ घण्टा चलेको सचिवालयको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विस्टले अब पार्टी ...
। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ ...