मुख्य समाचार
सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग
सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ?,’ सभापति थापाले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ ।’

उनले २४ भदौका दोषी कानुनी कठघरमा आउनुपर्नेमा जोड दिए । ‘२४ गतेका दोषी कानुनको कठघरामा आउनैपर्छ । योजनाबद्ध घटना घटाउनेहरू जो जो छन्, छन् भने कानुनी दायरामा आउनुपर्छ’, सभापति थापाले भने ।

उनले सरकारले एक सय दिनमा गर्ने कामको सूची पनि स्मरण गराए । ‘जे–जे मन लाग्यो, त्यो सय दिनमा गर्दै जाने ?,’ सभापति थापाले भने, ‘मन नपरेको कुरा हजार दिनमा गर्ने सुविधा छैन ।’

सभापति थापाले संख्याको दम्भ देखाएर संविधानविपरीत गए कांग्रेस उभिने बताए । ‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं,’ उनले भने, ‘मसँग संख्या छ भन्छ भने, संविधानविपरित जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका लागि राय आम नागरिकबाट लिने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर एक साताभित्र सुझाव पठाउन अनुरोध गरिएको छ । कार्यदलको बैठकको निर्णय अनुसार ‘सबै नेपाली नागरिकको सहभागीता’ ...
। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो’ भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले आफू सच्चिने भन्दा अराजक हुनेहरूलाई कारबाही गर्ने भन्दै नेताहरूप्रति उल्टै धम्की दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गरेका हुन् । एमाले सचिवालयको बैठकमा अध्यक्ष ओलीबाट अब चल्न नसक्ने खालको धारणा चार जना उपाध्यक्षहरूले राखेका थिए । ‘आज ...
। जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन् । गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन् । यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ । शुक्रबारको सचिवालयल बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ...
। पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए । ‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ,’ उनले ...