मुख्य समाचार
पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति
पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति

। पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

पाँचथरबाट ताप्लेजुङ तर्फ जानेबाटोको इन्द्रावती खोलाको पुलमा क्षति पुगेको छ । यस्तै तमोर करिडोरको निर्माणधीन लिम्बुनी पुलमा पनि क्षति पुगेको छ ।

छिमेकी जिल्ला ताप्लेजुङको सिदिङबामा पनि बाढीपहिरोले क्षति गरेको स्थानीयले बताएका छन् । कावेली तथा तमोर नदीमा बाढी आएको छ ।

बाढी र पहिरोले सडक, पुल, खेतीबालीमा क्षति भएको खबर आएकाले विवरण संकलनको काम भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपीअनिश कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमा लजास्पद पराजयपछि अब पार्टीमा पनि संकटमा परेका छन् । गत महाधिवेशनमा आफैंलाई जिताउन भूमिका खेलेका नेताहरू नै अब उनीबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेर पद छोडाउन लागेका छन् । यसको औपचारिक प्रस्ताव पार्टीको बैठकमै आएको छ । शुक्रबारको सचिवालयल बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए । ‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ,’ उनले ...
। गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो । सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण ...
। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे । नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो । देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको ...