मुख्य समाचार
कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताए
कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताए

। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् ।

सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए ।

‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ,’ उनले भने, ‘असन्तुष्टी राखिराखेका नेताहरूसँग परामर्शमा रहेकाले समय लागेको हो ।’

२२ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वत: विघटन भएका थिए ।

केन्द्रीय कार्यसमितिहरू स्वत: विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् ।

जसमध्ये नेपाल महिला संघले मात्रै नयाँ नेतृत्व पाएको छ । सभापति थापाले २५ वैशाखमा चितवनकी मीनाकुमारी खरेललाई अध्यक्ष मनोनीत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा ...
। गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो । सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण ...
। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे । नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो । देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको ...
। भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ । भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा ...