मुख्य समाचार
भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो इन्धनको मूल्य, नेपालमा पनि पर्नसक्छ प्रभाव
भारतमा ९ दिनमा तेस्रोपटक बढ्यो इन्धनको मूल्य, नेपालमा पनि पर्नसक्छ प्रभाव

। भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ ।

भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो । त्यसअघि मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो ।




नेपालमा पनि पर्न सक्छ प्रभाव

नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेललगायत इन्धन खरिद गर्छ । त्यसैले भारतमा इन्धनको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ ।




नेपाल आयल निगम सञ्चालक समितिका एक सदस्यले अनलाइनखबरसँग भने, ‘भारतबाट नयाँ खरिद मूल्यसूची (प्राइस लिस्ट) उच्च दरमा आएमा नेपाल आयल निगमको लागत बढ्छ । त्यसपछि हामीले हाम्रो अवस्था हेरेर आन्तरिक बजारमा पनि पेट्रोल र डिजेलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ तर अहिले नै मूल्य घटबढ हुनेबारे भन्न नसकिने उनले बताए ।

नेपाल आयल निगम सञ्चालक समितिले अन्तर्राष्ट्रिय बजारको अवस्था हेरेर स्वचालित प्रणाली अनुसार १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहेमा नेपालमा इन्धनको मूल्यमा दबाब बढ्न सक्ने देखिन्छ । यसैलाई मध्यनजर गर्दै इन्धनको खपत कम होस् भन्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

भारतमा किन बढ्यो पेट्रोल–डिजेलको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उतारचढाव यस वृद्धिको मुख्य कारण हो । इरान र अमेरिकाबीच युद्ध सुरु हुनुअघि कच्चा तेलको मूल्य प्रतिबारेल ७० डलर थियो । अहिले त्यो बढेर १०० डलर प्रतिबारेलभन्दा माथि पुगेको छ ।

कच्चा तेल महँगिएसँगै तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए । त्यसैले घाटा पूर्ति गर्न मूल्य बढाइएको बताइएको छ । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने पेट्रोल र डिजेलको मूल्य थप बढ्न सक्ने सम्भावना छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको अवस्थाका आधारमा इन्धनको मूल्य निर्धारण गरिन्छ । सरकारी तेल कम्पनीहरूले ‘डेली प्राइस रिभिजन’ अर्थात् ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार हरेक दिन बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्छन् ।

उपभोक्तासम्म पुग्नुअघि इन्धनको मूल्यमा विभिन्न कर र खर्च थपिन्छन्, जसका कारण अन्तिम मूल्य आधार मूल्यभन्दा धेरै माथि पुग्ने गर्छ ।

सन् २०२४ यता मूल्य स्थिर थियो

भारतमा पेट्रोल र डिजेलको मूल्य मार्च २०२४ देखि स्थिर थियो । लोकसभा निर्वाचन २०२४ अघि सरकारले प्रतिलिटर २ रुपैयाँ घटाएर उपभोक्तालाई राहत दिएको थियो ।

यद्यपि, भारतमा अन्तर्राष्ट्रिय बजारको औसत १५ दिनको कच्चा तेल मूल्यका आधारमा दैनिक मूल्य समायोजन गर्न सकिने व्यवस्था भए पनि राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य परिवर्तन गरिएको थिएन ।

सरकारका अनुसार सरकारी स्वामित्वका तेल कम्पनीहरू इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि घाटामा चलिरहेका थिए ।

पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीमा कम्पनीहरूलाई मासिक करिब ३० हजार करोड भारतीय रुपैयाँ घाटा भइरहेको थियो ।

यसअघि सरकारले पेट्रोल र डिजेलको मूल्य स्थिर राख्न विशेष एक्साइज ड्युटी प्रतिलिटर १०–१० रुपैयाँ घटाएको थियो । पेट्रोलमा १३ रुपैयाँ रहेको शुल्क ३ रुपैयाँमा झारिएको थियो भने डिजेलमा १० रुपैयाँ रहेको शुल्क शून्यमा ल्याइएको थियो । यस कदमले पेट्रोल र डिजेलको मूल्य लामो समयसम्म स्थिर राख्न सहयोग गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार तेलंगानामा आयोजित कार्यक्रममा पश्चिम एसियाको भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोग सावधानीपूर्वक गर्न सुझाव दिएका थिए ।

उनले पेट्रोल, ग्यास र डिजेलको प्रयोग संयमतापूर्वक गर्नुपर्ने बताएका थिए । आयातित पेट्रोलियम पदार्थ आवश्यकताअनुसार मात्रै प्रयोग गर्दा विदेशी मुद्रा बच्ने र युद्धको नकारात्मक असर पनि कम हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । ओयाम बजार छेउमा पहिरो झरेको छ । फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेत बगाएको स्थानीले खबर गरेका छन् । च्याङथापुमा दुईवटा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए । ‘भ्रातृ संगठनहरूको जेठ १५ सम्म टुंगो लाग्छ,’ उनले ...
। गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो । सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण ...
। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता क्षेत्रीले दाबी गरे । नयाँ दिल्लीस्थित नेपाली दुतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली ...
। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको छ । विशेष महाधिवेशनमा सहभागी नभएको समूहमा रहेका वडा सभापतिहरूले अद्यावधिकको काम नगरेपछि पार्टीले जिम्मेवारी खोस्न सुरू गरेको हो । देशव्यापी ‘जरा अभियान’ चलाइरहेको कांग्रेसले अहिलेसम्म झण्डै ५० जना वडा सभापतिहरूलाई अद्यावधिकको जिम्मेवारीबाट हटाएको छ । उनीहरूको ठाउँमा कांग्रेसले वडा कार्यसमितिमै रहेको ...