मुख्य समाचार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि राय–सुझाव माग
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि राय–सुझाव माग

: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधान संशोधनका लागि राय–सुझाव माग गरेको छ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय सिंहदरबारले एक सूचना जारी गर्दै संविधान संशोधनका लागि आफ्नो राय–सुझाव दिन आम सर्वसाधरण नागरिकलाई आग्रह गरेको हो ।

सचिवालयका सदस्य सचिव लिलाधर सुवेदीको हस्ताक्षर रहेको सूचनामा कार्यदलको गत बैसाख १० गतेको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिशिचत गर्न लिखित सुझाव संकलन गर्ने निर्णय गरेको हुँदा नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनबारे राय–सुझाव दिन आग्रह गरिएको छ । संविधान संशोधनसम्बन्धी राय–सुझाव सात दिनभित्र ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ को सचिवालय सिंहदरबारलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको २०८२ चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८३’ गठन गरिएको थियो ।



कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम सँस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट एक–एक जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कानुन सचिव, नेपाल कानुन आयोगका सदस्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सदस्य सचिव प्रतिनिधि रहेका छन् ।

कार्यदलले संविधान संशोधनका विषयमा राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि, जेनजी अगुवालगायतसँगै छलफल र सुझाव संकलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन तीन वटा हाइड्रोपावर कम्पनीलाई तत्काल काम रोक्न निकुञ्जले आदेश जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद बनेका भरतप्रसाद पराजुलीको लगानीमा सञ्चालित जुगल गाउँपालिका–२, दिपुमा रहेको ३६ दशमलव ५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर, १५ दशमलव १५ मेगावाट अपर ब्रह्मायणी छिन्ताङ ...
: जिल्ला प्रशासन कार्यालय स्याङजाले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि ७ बुँदे योजना सार्वजनिक गरेको छ । सूर्तीजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि हानिकारक भएको जनाउँदै कानूनतः ब्यवस्था गरिएका ती बुँदा कार्यान्वयन गर्न गराउनका आमनागरिकसहित सरोकारवाला सबैलाई आग्रह गरेकोे छ । सूर्तीजन्य पदार्थ बिक्री बितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमनका लागि जारी ...
: धादिङ प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट धादिङबेंसीतर्फ अवैध पदार्थ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टल जस्तो ...
: नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले नामअगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गरी चिकित्सा सेवा,परामर्श वा औषधि सिफारिस गरे कानुनी कारबाही गरिने जनाएको हो। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनीरुपमा दर्ता नभइ नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कारबाही गर्ने जनाएको छ। नेपाल मेडिकल काउन्सिल ऐन,२०२० अनुसार मान्यता प्राप्त ...
: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र ...