मुख्य समाचार
प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ
प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ

: धादिङ प्रहरीले अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रुबीभ्याली गाउँपालिका–३ सेक्टर चौताराबाट धादिङबेंसीतर्फ अवैध पदार्थ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो ।

प्रहरीका अनुसार प्लास्टिकका चार वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध क्रिष्टल जस्तो देखिने ८० किलो पदार्थ फेला परेको थियो । उक्त पदार्थसहित रुबीभ्याली गाउँपालिका–३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको पदार्थ स्थानीय व्यक्तिहरुको रोहबरमा रितपूर्वक मुचुल्का उठाई जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङसहित बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी )प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले नामअगाडि ‘डाक्टर’ (Dr.) उपाधि प्रयोग गरी चिकित्सा सेवा,परामर्श वा औषधि सिफारिस गरे कानुनी कारबाही गरिने जनाएको हो। काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनीरुपमा दर्ता नभइ नामको अगाडि डाक्टर वा चिकित्सक लेख्ने व्यक्तिलाई कारबाही गर्ने जनाएको छ। नेपाल मेडिकल काउन्सिल ऐन,२०२० अनुसार मान्यता प्राप्त ...
: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र ...
: प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएका छन् । पूर्व सांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अङ्गको गति एउटै हुनुपर्ने बताएका हुन् । मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्ने उनले बताए ...
: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन ...
: संसदीय समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरी आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वाधार निर्माणमा महत्वपूर्ण ...