मुख्य समाचार
एसियन गेम्स छनोटको तयारीको लागि मलेसियासँग खेलेको दोस्रो तयारी खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित
एसियन गेम्स छनोटको तयारीको लागि मलेसियासँग खेलेको दोस्रो तयारी खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित

: एसियन गेम्स छनोटको तयारीको लागि मलेसियासँग खेलेको दोस्रो तयारी खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।

८३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३९ रन बनाइन्। उनले ३७ बलमा ३ चौका प्रहार गरिन् । सोनी पाख्रिनले १२ रन बनाउँदा कविता कुँवर १९ रनमा अविजित रहिन् । मलेसियाका लागि बलिङतर्फ नुर दानिया सुहादा, इल्सा फिर्दुज र एना हमिजा हसिमले १–१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि ओपनर ब्याटर एना हमिजा हसिमले सर्वाधिक १७ रन बनाइन् । उनले ३० बलमा १ चौका प्रहार गरिन् । धनुश्री मुहुनानले १५, नुर एरिन्ना नात्स्याले १३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले २–२ विकेट लिए । पुजा महतो र सीता राना मगरले १–१ विकेट लिए । नेपालले मलेसियासँगको पहिलो खेलमा २ विकेटको जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा नेपालका लागि सुनिता खत्री, मीना सुनार र सलिना मगरको डेब्यु भएको छ । nullलिबेरो सलिना श्रेष्ठलाई रिप्लेस गर्दै सुनिता खत्रीले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । कप्तान निरुता ठगुन्नालाई प्रतिस्थापन गर्दै मीना सुनारले सिनियर टोलीमा डेब्यु गरेकी हुन् । कामना बिष्टलाई प्रतिस्थापन गर्दै सलिना बुढा मगरले राष्ट्रिय ...
: नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ठूलो रन अन्तरले विजयी हासिल गरेको हो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा १९५ रनमात्र बनाउन सक्यो। अमेरिकाका लागि संजय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले ...
। फिफा विश्वकप २०२६ मा दुई महिलासहित ५२ रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार घोषणा गरेको रेफ्री सूचीमा २ महिला अटाएका हुन् । विश्वकप आगामी जुन १२ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ । तीन जना महिला सहायक रेफ्री र एक जना भिडियो म्याच अफिसियल पनि चयन ...
। भारतमा यही मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् । मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे । बिदाई कार्यक्रममा मन्त्रीको ...
: आइसीसी एक दिवसीय अन्तर्राष्ट्रियतर्फ बुधबार सार्वजनिक भएको वरियतामा नेपालका स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले वरियतामा सुधार गरेका छन् । सन्दीप ६ स्थान सुधार गर्दै ३७ औं स्थानमा उक्लिएका हुन् । त्यस्तै, बायाँ हाते स्पिनर ललित राजवंशीले १७ स्थान छलाङ लगाउँदै ५४ औं स्थानमा उक्लिएका छन् । नेपालका उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि एक दिवसीय ...