मुख्य समाचार
सरकारले थाल्यो एलडीसी स्तरोन्नति स्थगित गर्ने प्रक्रिया
सरकारले थाल्यो एलडीसी स्तरोन्नति स्थगित गर्ने प्रक्रिया

: नेपाल सरकारले अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील राष्ट्रमा हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ।

यसअघि नेपाल आगामी २४ नोभेम्बर २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तय भएको थियो। तर, पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक-राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले उक्त स्तरोन्नतिलाई आगामी नोभेम्बर २०२९ सम्मका लागि पछाडि सार्ने पहल गरेको हो। परराष्ट्रमन्त्री स्वर्णिम वाग्लेले गत १३ मेमा संयुक्त राष्ट्रसंघअन्तर्गतको 'कमिटी फर डेभलपमेन्ट पोलिसी' (सीडीपी)का अध्यक्षलाई औपचारिक पत्र पठाएको जनाइएको छ।

सरकारले क्षेत्रीय द्वन्द्व, विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको असरका कारण नेपालको अर्थतन्त्र प्रभावित बनेको बताएको छ। विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई पनि सरकारले मुख्य आधार बनाएको छ।



त्यस्तै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले हालः पाइरहेको ड्युटी फ्री र कोटा फ्री बजार पहुँचलगायतका सुविधा गुम्ने जोखिम रहेको र त्यसको असर उत्पादनशील क्षेत्रमा पर्ने सरकारको भनाइ छ। यसबाट रोजगारीमा ३५ प्रतिशतसम्म गिरावट आउनसक्ने आकलन गरिएको छ।

सरकारले स्मुथ ट्रान्जिसन स्ट्रेटेजी कार्यान्वयन अपेक्षाअनुसार अघि बढ्न नसकेको पनि जनाएको छ। कोभिड-१९ महामारीपछिको आर्थिक पुनरुत्थान पूर्णरूपमा स्थिर हुन नसकिरहेका बेला भूराजनीतिक तनाव र जलवायु परिवर्तनका असरले अर्थतन्त्रमा थप चुनौती सिर्जना गरेको उल्लेख गरिएको छ।

त्यस्तै मध्यपूर्वमा विकसित पछिल्ला घटनाक्रमले नेपालको वैदेशिक मुद्रा सञ्चितिको प्रमुख आधार मानिने रेमिट्यान्समा असर पारेको तथा इन्धन, खाद्यवस्तु र मलखादको मूल्यवृद्धिले पर्यटन उद्योगसहित समग्र राष्ट्रिय अर्थतन्त्र प्रभावित बनेको सरकारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन ...
: संसदीय समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याको तत्काल पहिचान गरी आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो । पूर्वाधार निर्माणमा महत्वपूर्ण ...
: देशभर नयाँ सवारी साधनको दर्ता रोक्का भएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले देशभर नयाँ सवारी साधनको दर्ता रोक्का गरेको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातमा पर्न गएको असहजता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने निर्णय गर्न आफू केवल एक घण्टा मात्र टाढा रहेको बताएका दिनसँगै सुरु भएको एक हप्तामा उनले दीर्घकालीन युद्धविरामको आशा व्यक्त गर्ने र सैन्य तनाव बढाउने धम्की दिने खालका निरन्तर अस्थिर अभिव्यक्ति दिएका छन् । ट्रम्पका मिश्रित सन्देशहरू नयाँ कूटनीतिक प्रयाससँग पनि मेल खाएका छन् । बिहीबारसम्म इरानले ...
: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ। बैठकमा एक सय जना सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कूल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको ...