मुख्य समाचार
नेपालले अमेरिकालाई १२२ रनले पराजित
नेपालले अमेरिकालाई १२२ रनले पराजित

: नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ठूलो रन अन्तरले विजयी हासिल गरेको हो।

नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा १९५ रनमात्र बनाउन सक्यो। अमेरिकाका लागि संजय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन बनाए।

त्यसअघि कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई ३१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।



नेपालको लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी बनाएका थिए।

आसिफले पहिलो विकेटको लागि ओपनर कुशल भुर्तेलसँग ६९ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात गरेका थिए। कुशल भुर्तेलले ३९ बलमा २९ रन बनाउँदै क्याच भए। आसिफ शेखले ४३ रन बनाए। कप्तान रोहित पौडेलले ४६ रन बनाउँदै एलबीडब्ल्यू आउट भएका हुन्। गुल्सन झा १५ रनमा क्याच भए। दिपेन्द्र सिंह ऐरी ५९ रनमा रनआउट भए।

उनले ३८ रनमा साइतेजा मुक्कामल्लाबाट क्याच ड्रपको रुपमा जिवनदान पाएका थिए। सोमपाल कामी छ र नन्दन यादव १ रनमा रनआउट भए । आरिफ शेख १८ रनमा अविजित भए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम