मुख्य समाचार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त

: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ।

बैठकमा एक सय जना सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कूल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको मधेस प्रदेशका सभामुख राम अशिष यादवले घोषणा गरे।

गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सन्धिखर्क नगरपालिकाले सार्वजनिकस्थल तथा खोला किनारमा जथाभाबी फोहोर फाल्ने कार्य नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ। नगरपालिकाले सूचना जारी गर्दै सडक, खेलमैदान, सार्वजनिकस्थल तथा विशेषगरी खोला र खोला किनारमा अनधिकृत रूपमा फोहोर फाल्ने, थुपार्ने तथा विसर्जन गर्ने कार्य बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले एक सार्वजनिक सूचना ...
। यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो। विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा ...
। ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई ...
। रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा ...
। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट ...