। ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई गर्ने गरेको प्रहरीले बताएको छ ।
सर्वसाधारण तथा पर्यटकलाई दुख हैरानी दिएको जानकारी आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरमा राखेर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।
यसअघि पनि ठमेल क्षेत्रबाट २० जना युगाण्डाका महिला पक्राउ परेका थिए । उनीहरू पनि यस्तै यौन गतिविधिमा लागेको पाइएको थियो । जनही १० हजारमा छुटेका उनीहरूलाई अध्यागमनले डिपोट गरेको थियो ।
त्यो भन्दा अघि पनि ठूलो संख्यामा ठमेल क्षेत्रबाट युगाण्डाका महिला पक्राउ परेका थिए । पछिल्लो समय युगाण्डाका टुरिष्ट भिसामा नेपाल आएर यौन गतिविधिमा लाग्ने गरेको पक्राउ परेकाहरूको विवरणले देखाएको छ ।