। एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् ।
उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।
५ जेठको राति करिब ३ बजेतिर नरेफाँटस्थित सोनु मण्डलको डेराकोठाबाट नगद ८ हजार र जिन्सी सामान गरी १८ हजार चोरी भएको थियो ।
यही चोरीमा प्रकरणमा उनीहरू संलग्न रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
उनीहरूबाट २ राउण्ड एसएलआरको गोली, आइफोन १ थान, ५ थान मोबाइल, ४ थान ल्यापटप बरामद भएको छ ।