मुख्य समाचार
साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई
साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई

। भारतमा यही मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् ।

मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे ।

बिदाई कार्यक्रममा मन्त्रीको सल्लाहकारद्वय सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष प्रकज विक्रम नेम्वाङ लगायतको उपस्थिती थियो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल श्रीलंकासँग मे ३१ मा खेल्नेछ ।

६ टोली सहभागी च्याम्पियनसिपको समूह ए मा नेपाल, श्रीलंका र भुटान तथा समूह बी मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल जुन ६ मा हुनेछ ।

च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।

२३ सदस्यीय नेपाली टोली

गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेण्डरः पूजा राना, गीता राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी
मिडफिल्डरः रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी
फरवार्डः रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम