मुख्य समाचार
साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन्
साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन्

: साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् ।

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, पहुँच, सुरक्षा र आपतकालीन सहजीकरणसँग प्रत्यक्ष जोडिएको विषय बनेको समुदायको धारणा छ । साउदी अरबमा हाल करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । विशेषगरी पूर्वी साउदी क्षेत्र दमाम, रियाद, जेद्दा लगायत विभिन्न स्थानमा कार्यरत नेपालीहरू नेपाल आउजाउका क्रममा अझै पनि विदेशी एयरलाइन्समा निर्भर हुनुपर्ने अवस्थाले श्रमिकहरूलाई थप आर्थिक तथा व्यवहारिक समस्या निम्त्याउने गरेको गुनासो छ ।

कतिपय नेपाली श्रमिकहरू नेपाल फर्किन वा पुनः कार्यस्थलमा आउन ५०० देखि १००० किलोमिटरसम्मको स्थल यात्रा गरेर दमामसम्म पुग्न बाध्य हुने गरेका छन् । यसले अतिरिक्त खर्च, समय व्यवस्थापन तथा यात्राको कठिनाइ थप्ने गरेको श्रमिकहरू बताउँछन् भने समुदाय नेतृत्वका अनुसार नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालन हुन सके नेपाली श्रमिकले सहुलियतपूर्ण भाडादर, समय व्यवस्थापन तथा सहज हवाई पहुँचको लाभ लिन सक्ने छन् । विशेष गरी आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने नागरिकका लागि यसले महत्वपूर्ण राहत पुग्ने विश्वास गरिएको छ ।



नेपाल एयरलाइन्सले आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई प्राथमिकतामा राख्दै सेवा सहजीकरण गर्दै आएको बताइएको छ । उपचारका लागि यात्रा गर्नुपर्ने बिरामी नेपाली यात्रुहरूलाई ह्वीलचेयर सेवा, विशेष सहायता तथा आवश्यक सहजीकरण उपलब्ध गराउने व्यवस्था रहेको जनाइएको छ भने, वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया तथा व्यवस्थापनमा समेत प्राथमिकता दिने गरिएको सरोकारवालाहरू बताउँछन् ।

नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर अन्जु शर्माले नेपाली समुदायको आवश्यकता र यात्रु चापलाई मध्यनजर गर्दै यात्रु सेवामा सहजीकरण तथा व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन् भने नेपाल एयरलाइन्सले आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई विशेष प्राथमिकता दिँदै आएको र उपचारका लागि यात्रा गर्नुपर्ने बिरामी नेपाली यात्रुहरूलाई आवश्यक सहजीकरण, ह्वीलचेयर सेवा तथा विशेष सहायता उपलब्ध गराउने व्यवस्था रहेको जनाइएको समेत गराउन साथै, वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा मृत्यु भएका नेपालीहरूको शव नेपाल पठाउने प्रक्रियालाई समेत प्राथमिकतामा राख्दै आवश्यक समन्वय र सहजीकरण गरिँदै आएको बताइन् ।

एनआरएनए केन्द्रीय उपमहासचिव राजेन्द्र अर्यालले साउदीबाट नेपाल एयरलाइन्सको नियमित उडान नेपाली समुदायको दीर्घकालीन आवश्यकता भएको बताएका छन् । ‘विदेशमा रहेका नेपालीका लागि सहज हवाई पहुँच अत्यन्त महत्वपूर्ण विषय हो’, उनले भने, ‘राष्ट्रिय ध्वजावाहकको नियमित उपस्थिति हुँदा आपतकालीन अवस्था, बिरामी, मृत्यु, श्रम समस्या वा पारिवारिक संकटका समयमा धेरै सहजता आउन भएको बताए । भातृ संगठन राप्रपा साउदी अरबका अध्यक्ष कुवेर हुमागाईले पनि नियमित उडान प्रवासी नेपालीको आवश्यकता भएको बताएका छन् ।

साथै ‘राष्ट्रिय ध्वजावाहकको नियमित उपस्थिति यात्राको सुविधा मात्र होइन, आवश्यकता पनि हो’, उनले भने, ‘विशेष गरी आपतकालीन अवस्थामा रहेका नेपालीलाई सहजीकरण, बिरामी व्यवस्थापन, शव नेपाल पठाउने प्रक्रिया तथा श्रमिक हितका विषयलाई प्राथमिकतामा राखिनु पर्छ ।’
साउदीस्थित नेपाली दूतावासले श्रमिक उद्धार, कानुनी सहजीकरण, अस्पताल समन्वय तथा विभिन्न समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको अवस्थामा नियमित हवाई पहुँचले ती कार्यलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

समुदाय नेतृत्व, सामाजिक संघसंस्था तथा स्वयंसेवी समूहहरूले समेत अस्पताल सहयोग, कानुनी परामर्श, शव व्यवस्थापन तथा आपतकालीन उद्धार कार्यमा निरन्तर सहकार्य गर्दै आएका छन् । समुदायका अगुवाहरूले श्रमिकको आवश्यकता, यात्रु चाप तथा मानवीय सहजीकरणलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सको नियमित उडान व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गरेका छन् भने साउदीमा रहेका नेपालीहरूका लागि राष्ट्रिय ध्वजावाहकको नियमित सेवा केवल यात्राको सुविधा मात्र नभई आवश्यकता, भरोसा र संकटका समयमा सहाराको माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...