मुख्य समाचार
पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको
पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् ।

कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उनले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गरे । उनले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरु समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सबैलाई समेटेर अघि बढिने बताए । पराजुलीले पार्टीभित्रका नेताहरुमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफूहरु नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, यौन क्रियाकलापका लागि मोलमलाई ...
। रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको छ । महानगरका रास्वपा ...
। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ । प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट ...
। एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो । ५ जेठको राति करिब ३ बजेतिर ...
। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटका लागि सुझाव लिए । सो क्रममा पूर्वअर्थमन्त्रीहरूले पूर्वतयारी विनाका खुद्रे आयोजनामा बजेट नराख्न सुझाव दिएका छन् । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयन ...